बैशाख ११ मा लोकदोहोरी अवार्ड – लोकदोहोरीदेखि चलचित्र क्षेत्रका हस्ती नुवाकोटमा

846 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट-नेपाली लोक संगीतको विकास, विस्तार संरक्षण र सम्वद्र्धनको साथै लोक कलाकारको हौसला बढाउने उद्देश्यले आगामी २०७२ बैशाख ११ गते “प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोक दोहोरी अवार्ड” हुने भएको छ । उक्त दिन लोकदोहोरीक्षेत्रका चर्चित व्यक्तित्वहरुको नुवाकोटमा उपस्थित हुनेछ । अवार्डलाई भव्य बनाउन बरिष्ठ लोक गायक, संगीतकार नारायण रायमाझी, दुर्गा रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्मा, प्रजापति पराजुलीलगायतका व्यक्तिको उपस्थिति रहने निश्चित भएको छ ।

sundaradevi-saptahikकार्यक्रममा रमिला न्यौपाने, रिता थापा, जमुना राणा, गिता रेउले, अमृता लुंगेलीमगर, नविन पौडेल, कृष्ण रेउले, रामजी खाँड, पशुपति शर्मा, शिव हमाल लगायतका चर्चित कलाकारहरुले आफ्नो सांगितिक कोसेली पस्कने निश्चित भइसकेको छ । त्यसैगरी, चलचित्र क्षेत्रका हस्तिहरु, बरिष्ठ चलिचित्रकर्मी एवं नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष निर शाह, बरिष्ठ चलचित्र निर्देशक मोहन निरौला, निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, चलचित्र नायिका रजनी केसी लगायतको उपस्थिति  रहने भएको अवार्डका सदस्य सचिव राज न्यौपानेले जानकारी दिनुभएको छ ।  त्यसैगरी चर्चित हाँस्यकलाकारहरु दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल मुन्द्रे, सिताराम कट्टेल धुर्मुस, केदार रिजाल माग्नेबुढा, शिवशंकर रिजाल जोगेन्दर, आरपी भट्टराई लादारामलगायतको उपस्थिति रहने छ । यसैगरी, चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष शान्ति प्रियको नेतृत्वमा करिब एक दर्जन मनोरञ्जन पत्रकारितामा संलग्न संचारकर्मीहरुको उपस्थिति रहने निश्चित भएको छ ।

त्यस्तै, फेडेरेशन अफ इन्टरनेशनल डान्स फेस्टिवलको एशिया महादेश निर्देशक रामचन्द्र कोइरालाको नेतृत्वमा करिब एक दर्जन लोकसंस्कृति प्रेमी कलाकारहरुको उपस्थिति रहनेछ भने एभरेष्ट नेपाल कल्चरल गु्रपको लोपोन्मुख नाँचको प्रस्तुती रहनेछ । अवार्डलाई व्यापक प्रचारप्रसार गर्न र नुवाकोटको मात्र नभई बागमती अञ्चलकै पहिलो अवार्ड भएकोले भव्य, सब्य र ऐतिहासिक बनाउन आयोजक टिम क्रियाशील भइरहेको छ ।
“नेपाली लोक संगित हाम्रो पहिचान” संचार संस्थाबाट कलाकार सम्मान गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ हुने लोक दोहोरी अवार्डको लागी ७ सदस्यीय समिति गठन गरिएको छ । जसमा अध्यक्ष किरण प्रसाद अधिकारी, सदस्य सचिव राज न्यौपाने, कार्यक्रम संयोजक अनिता अधिकारी, सदस्यहरुमा शैलेश शाही, प्रलाहद के.सी., चन्द्रलाल तमाङ र विष्णु क्षेत्री रहनुभएको छ । अवार्ड १२ विधामा वितरण गरिनेछ । जसमा उत्कृष्ट लोक गायक, उत्कृष्ट लोक गायिका, उत्कृष्ट नव प्रतिभा (केटा), उत्कृष्ट नव प्रतिभा (केटी) उत्कृष्ट म्युजिक भिडियो मोडल (केटा) उत्कृष्ट म्युजक भिडियो मोडल (केटी) उत्कृष्ट म्युजिन भिडियो निर्देशक, उत्ृकष्ट लोक दोहोरी
संगितकार, उत्कृष्ट लोकदोहोरी शब्द संकलन, उत्कृष्ट एरेन्जर अवार्ड, पब्लिक च्वाइस अवार्ड रहेको छन् । त्यसैगरी लाइफ टाइम एचिभ्मेन्ट अवार्ड १ जनालाई प्रदान गरिने अवार्डका अध्यक्ष एवं साप्ताहिकका प्रकाशक किरण अधिकारीले जानकारी दिनु भएको छ ।

अवार्ड हुने दिन नुवाकोट जिल्लामा जन्मिएर लोक संगित क्षेत्रमा रहेर अहोरात्र योगदान पु¥याउने तीन जनालाई सम्मान गरिने अयोजक पक्षले जनाएको छ । कार्यक्रमको सह–आयोजकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वाग्मती अंचल समिति र नुवाकोट जिल्ला समिति रहनेछन् ।