पानी पर्यो, अब गर्मी शुरु हुन्छ
563 पटक पढिएको


समुद्रबाट आएको हावा हिमालमा ठोक्किएर काठमाडौं प्रवेश गर्दा यहाँका बासिन्दाले चिसोको अनुभूति गरेका थिए।
मौसमविद्हरूले यो सामान्य प्रक्रियाअन्तर्गत नै वर्षा भएको स्पष्ट पारेका छन्। केही भेग र मध्यमाञ्चलका केही ठाउँमा बिहीबार छिटफुट वर्षा हुने अनुमान छ। काठमाडौंको मौसम भने मध्यमस्तरको वर्षापछि मात्रै खुल्ने मौसमविद्हरूको भनाइ छ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘धुलो र धुवाँले वायुमण्डल ढाकेका कारण अलि ठूलो पानी प:यो भनेमात्र काठमाडौंको आकाश खुल्छ।’वर्षापछि राजधानीमा अधिकतम र न्यूनतम तापक्रम बढ्ने अनुमान छ। ‘अब गर्मी ह्वात्तै बढ्छ’, अर्यालले भने।
– अन्नपूर्ण