आजको पञ्चाङ्ग

876 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२०७१ साल फाल्गुन ८ गते शुक्रबार

imagesमिति २०७१ साल फाल्गुन ८ गते शुक्रबार, तदनुसार फरवरी २० सन् २०१५, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको द्वितीय तिथि ४७ घटि १४ पला अर्थात रातिमा १ बजेर ३३ मिनेटसम्म त्यस उप्रान्त तृतीय तिथि लाग्नेछ । आज सूर्य कुम्भ राशिमा, चन्द्रमा कुम्भ राशिमा ४० घटि १४ पला अर्थात रातिमा १० बजेर ४५ मिनेटसम्म त्यसउप्रान्त मीन राशिमा प्रवेश गर्नेछ । आज दिनमान २८ घटि १४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ४० मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष ः दिन तथा समय दुवै खराव रहनाले पारिवारिक कलह हुन सक्नेछ, इज्जतमा दाग लाग्न सक्नेछ ।
वृष ः अनावश्यक झमेलामा फसिनेछ, काममा एक्कासी अवरोध आउनेछ, स्वास्थ्यमा खरावी आउनेछ ।
मिथन ः नकरात्मक सोचाइले गर्दा कार्य अस्तव्यस्त, आम्दानी भन्दा खर्च बढी हुनाले दिनभर तनाव झेल्नु पर्नेछ ।
कर्कट ः दिन सामान्य रहेकोछ, शुरु गरेका कार्य अधुरा, पेटमा गडबढ हुन सक्नेछ खानामा सावधानी अपनाउनुहोला ।
सिंह ः एक्कासी नयाँ खालको रोग देखा पर्नेछ, दिन विवादित छ साथीहरुसंग कलह हुन सक्नेछ सतर्क रहनुहोला ।
कन्या ः पारिवारिक सहयोगले कार्य सम्पन्न, नयाँ कार्यक्षेत्रमा प्रवेश हुनेछ, आदर सत्कार पाइने, स्वास्थ्य राम्रो रहनेछ ।
तुला ः आफन्तजनसँग मनमुटाव हुन सक्छ, खर्चमा एक्कासी वृद्धि हुनेछ, छोराछोरीबीच झगडा हुदाँ तनाव बढ्नेछ ।
वृश्चिकः व्यापार व्यवसायमा मन्दी आनउेछ, धनमाल लुटिन सक्नेछ चनाखो हुनु राम्रो हुनेछ, यात्रामा बाधा आउनेछ ।
धनु ः समय महत्वपूर्ण रहेकोछ, प्रेमीका भेट हुनाले दिन खुसीयालीमा बित्नेछ, धार्मिक कार्यको पनि लगाव बढ्ने ।
मकर ः शत्रुहरु सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी हुनेछ ।
कुम्भ ः लगानी गरेको जुनसुकै व्यवसायवाट पनि लाभ पाइने, शैक्षिक प्रगति हुने, सामाजिक सम्मान पाइने, धार्मिक यात्रा हुनेछ ।
मीन ः एकमुष्ट रकम संकलन, नविन कार्यको थालनी हुनेछ, दिन शुभ रहनेछ उपयोग गर्नु राम्रो हुन सक्छ ।

साइत ः आज दक्षिण बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

शुभ, लाभ र अमृत बेला ः २०७१ साल फाल्गुन ८ गते शुक्रबार बिहान ६ः४० बजेदेखि ८ः१० बजेसम्म चर बेला, बिहानमा ८ः१० बजेदेखि ९ः४० सम्म लाभ बेला, बिहानमा ९ः४० बजेदेखि ११ः१० बजेसम्म अमृत बेला, बिहानमा ११ः१० बजेदेखि १२ः४० बजेसम्म काल बेला, बिहान १२ः४० बजेदेखि दिनमा २ः१० बजेसम्म शुभ बेला, दिनमा २ः१० बजेदेखि ३ः४० बजेसम्म रोग दिनमा ३ः४० बजेदेखि ५ः१० बजेसम्म उद्वेग साँझ ५ः१० बजेदेखि ६ः४० बजेसम्म चर बेला रहनेछ । यसमा अमृत भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय ः बिहानमा १०ः३० बजेदेखि १२ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

राशिफल लेखक–युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९