भाइरसको प्रकार खोजिँदै-स्वाइन फ्लु संक्रमित १० पुगे

789 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ,  – मुलुकमा प्रयोगशाला परीक्षणबाट स्वाइन फ्लु प्रमाणित हुने बिरामीको संख्या बढ्दै गएपछि भाइरसको स्ट्रेन -प्रकार) खोज्ने प्रक्रिया सुरु गरिएको छ ई कान्तिपुर डट कममा खबर लेखिएको छ ।

swain_20150225064718राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबारसम्म स्वाइन प्रमाणित बिरामीको संख्या १० पुगेको छ। ‘स्ट्रेन हाल भारतमा र गतवर्ष राजधानीमा देखिएको स्वाइनको भाइरस जस्तै छ कि फरक छ भन्ने पत्ता लगाउन भाइरोलोजिस्टलाई भनिसकेका छौं,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका  निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘यदि यस पटक पोहोरकै जस्तो भाइरसले संक्रमण देखिएको भए राजधानीवासीमा यसविरुद्घ प्रतिरोधक क्षमता विकसित भइसकेको हुन्छ।’ यसपटक उपत्यकाबाहिर बढी संक्रमण देखिने सम्भावना भएको उनले बताए।

राजधानीमा गतवर्ष स्वाइन फ्लुले १८ को मृत्यु हुनुका साथै तीन सयमा संक्रमण प्रमाणित भएको थियो।

स्वाइन फ्लु संक्रमित सयमध्ये करिब १ जनामा संक्रमण कडा रूपमा देखिने सम्भावना हुन्छ। उच्च जोखिम समूहमा रहेकाहरूलाई स्वाइनबाट बचाउन विशेष सावधानी अपनाउनुपर्ने मरासिनीले बताए। दमलगायत श्वासप्रश्वासका रोगको समस्या भएकाहरूलाई स्वाइन फ्लु संक्रमणको जोखिम बढी हुन्छ।

हाल मुलुकमा स्वाइन फ्लुको उपचारमा दिइने एन्टिभाइरल औषधि टैमी फ्लुको १० हजार चक्की स्टकमा रहेको डा. मरासिनीले बताए।