एमालेमा को को थपिए दश पूर्ण केन्द्रीय सदस्यमा

505 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- नेकपा एमालेमा १० जना केन्द्रीय सदस्य थपिएका छन् । बुधबार बसेको स्थायी कमिटीको सातौं बैठकले १० जना केन्द्रीय सदस्य मनोनयन गर्ने निर्णय गरेको हो ।
नेताहरुबीच भागवण्डा लगाएर अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका नामलाई पारित गर्दै एमालेले केन्द्रीय कमिटि बिस्तार गरेको हो ।
एमालेको केन्द्रीय सदस्य हुनेहरुमा केदार न्यौपाने, हरि पराजुली, देवराज घिमिरे, घनेन्द्र बस्नेत, कल्याणी खड्का, कृष्णगोपाल श्रेष्ठ, प्रमेश हमाल, सुमन प्याकुरेल,  रामकुमार ज्ञवाली र जया घिमिरे  रहेका छन् ।
UML_Balkhu_401048751मनोनित भएकाहरुमा पाँचजना ओली निकटका, तीनजना माधव नेपाल निकटका र एक/एक जना झलनाथ खनाल र वामदेव गौतम निकटका रहेका छन् । गत असारमा नवौं महाधिवेशन सकिएपछि एमालेले गुटबन्दीका कारण केन्द्रीय कमिटिमा कार्यविभाजन र मनोनय लामो समयसम्म टुंग्याउन सकेको थिएन ।
गुट विभाजित नेताहरुले केन्द्रीय सदस्यका लागि आफ्नो पक्षकालाई प्राथमिकता दिनुपर्ने अडान लिएपछि मनोनयन अड्केको थियो । केन्द्रीय कमिटिमा मनोनयन गर्न एमालेले कार्यदल नै गठन गरेको थियो ।

अध्यक्ष ओली, बरिष्ठ नेता खनाल, अर्का बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरलले मनोनयन गर्ने १० जनाको नामको टुंगो गरेका थिए ।