मतदाता नामावली र नागरिकताका लागि टोली गाउंमा

735 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ न्युज समाचारदाता
धादिङ,/ संविधान सभा निर्वाचनको मिति घोषणा हुन नसकेपनि मतदाता नामावलीमा नाम दर्ता नभएका व्यक्तिहरुको खोजीका लागि स्थानीय प्रशासन र जिल्ला निर्वाचन कार्यालयले धादिङका गाउं गाउंमा टोली खटाएको छ ।
जेठ १२ गते आईतवार देखि शुरु भएको  नागरिकता बितरण तथा मतदाता नामावली दर्ता टोली जिल्लाको पचासवटै गाविसमा पुग्ने भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलका अनुसार तीनवटा घुम्ति टोली मार्फत SAM_0167जिल्लाको पचासवटै गाविसमा पुगेर नागरिकता वितरण तथा मतदाता नामावली दर्ता गरिने छ ।
स्थानीय राजनैतिक दल र विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको छलफलवाट ५० गाविसका लागि २३ वटा केन्द्र निर्धारण गरी गाउंमा टोली खटाईएको प्रमुख जिल्ला अधिकारी खरेलले वताए । प्रजिअ खरेलका अनुसार तीन वटा कलष्टरमा विभाजन गरिएको टोलीका लागि पहिलो र दोश्रो  टोलीको नेत्तृत्व सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल र बसन्त पन्थीले गर्ने छन भने तेश्रो टोलीको नेत्तृत्व प्रशासन कार्यालयका अधिकृत राममणी मिश्रले गर्नेछन । जेठ १२ गतेवाट शुरु हुने घुम्ति सेवा जेठ २९ गते सम्म संचालन हुनेछ ।