हिरो एक्सट्रिम स्पोर्टस बजारमा
893 पटक पढिएको
काठमाडौँ, १४ फागुन । भारतको प्रसिद्ध मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले ‘एक्सट्रिम स्पोर्टस’ मोटरसाइकल बजारमा ल्याएको छ ।
नेपाली युवालाई लक्ष्यित गरी नयाँ मोटरसाइकल ‘एक्सिट्रिम स्पोर्टस’लाई आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले आजदेखि बजारमा ल्याएको हो । एउटा डिस्क भएको मोटरसाइकलको मूल्य रु दुई लाख २१ हजार ५०० र दुईवटा डिस्कयुक्तको मोल रु दुई लाख ३० हजार निर्धारण गरिएको छ ।
उक्त रकम मूल्य अभिवृद्धिकर भ्याटसहित कायम गरिएको नेपाल जनरलका अध्यक्ष अभिक ज्योतिले बताउनुभयो । आगामी चैतसम्ममा उक्त मोटरसाइकल खरिद गर्ने ग्राहकहरूमध्ये चिठ्ठाका माध्यमबाट १० जनालाई पोखरा र कुरिनटारमा मनोरञ्जनात्मक पर्यटनमा समावेश गराइने उहाँले बताउनुभयो ।
झन्डै १६ अश्वशक्तिको बल भएको उक्त मोटरसाइकल पाँच रङ्गमा उपलब्ध हुने जनाउँदै उहाँले पाँच वर्षसम्म त्यसको वारेन्टीको व्यवस्था गरिएको बताउनुभयो ।