काठमाडौँको जनसङ्ख्या बीस वर्षमा असी लाख

457 पटक पढिएको

सम्पादक: Dhading News

Kathmandu_571112105_361258800काठमाडौँ: बसाइँसराइ अहिलेकै गतिमा गए अबको २० वर्षमा काठमाडौँको जनसङ्ख्या ८० लाख पुग्ने आङ्कलन गरिएको छ ।
काठमाडौँ उपत्यकाको अत्यधिक जनसङ्ख्या वृद्धिसँगै दीर्घकालीन रुपमा पर्ने यातायातको समस्या सम्बन्धमा ‘लिभेबल काठमाडौँ’ नामक संस्थाले आज आयोजना गरेको छलफलमा काठमाडौँ क्षेत्रमा भएको अत्यधिक जनसङ्ख्या र सवारी साधनको अवस्थालाई ध्यान दिई बाटो विस्तार गर्नुभन्दा मेट्रो रेल बनाउन सुझाव दिइयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापाले अत्यधिक बसाइँसराइँका कारण जनसङ्ख्या बढेको बताए ।   इ.डा. सूर्यराज आचार्यले साना सवारीसाधनलाई तत्काल हटाउनुपर्ने बताउँदै भने  “बाटो साँघुरो र अत्यधिक साना सवारी साधनले गर्दा दिनानुदिन जनता जाम खेप्न बाध्य छन् ।”
नागरिक अगुवा कनकमणि दीक्षितले यातायातलाई व्यवस्थित बनाउने प्रमुख दायित्व सरकारको भएको बताए ।  कार्यक्रममा वातावरणविद् भूषण तुलाधार, कमल पाण्डे, वसन्त गिरीलगायतले उपत्यकाको सवारी साधनको बारेमा चासो व्यक्त गर्नुभएको थियो ।
काठमाडौँ उपत्यकामा भइरहेको खानेपानी, ढल, जलवायु, ऊर्जा, यातायात र फोहोरमैलाको बारेमा संस्थाले विज्ञसँग छलफल तथा अन्तक्रिया गर्दे आइरहेको छ ।