अख्तियार प्रमुखका छोरीको विहेमा शाकाहारी खाना, ५० जना जन्ति आए

609 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गत साता राजधानीमा दुई बिहे निकै चर्चामा रहे । देशका दुई चर्चित व्यक्तिका घरमा भएको बिहेले मिडियमा प्रसस्तै स्थान पायो । एकातिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीकी छोरी डा. आध्याश्री कार्कीको बिहेले निकै चर्चा भयो भने अर्कोतर्फ क्रिकेटर पारस खड्काको बिहेले धेरैलाई आकर्षित गर्यो । दुवै बिहे गत बिहीबार एकैदिन भएको थियो । भीआईपीको छोरी भएकाले मात्र डा. आज्ञाश्रीको बिहेले चर्चा पाएको होइन । बिहेमा अपनाइएको मितव्ययी शैलीले गर्दा उनको बिहे सबैको चासोको बिषय बनेको हो । पाँचतारे होटलमा लाखौं खर्च गरेर बिहे गर्ने राजधानीको पछिल्लो शैली तोडेर प्रमुख आयुक्त कार्कीले आफ्नो छोरीको बिहे सामान्य तरिकाले गरे । व्यवसायी रोहिनी थपलियाका छोरा शुभश्रीष थपलियासँग उनको बिहे भएको हो । बिहेमा ५० जनामात्र जन्ती थिए भने सामान्य साकाहारी भोज खवाइएको थियो । बिहेमा केही पनि दाइजो दिइएको थिएन । अर्को रमाइलो के भने देशका ठूला व्यक्तिहरुलाई समेत लोकमानले बिहेमा बोलाएनन् । निकटका आफन्त र साथीभाइलाई मात्र उनले बोलाएका थिए । जसमा स्वामी आनन्द अरुण,लोकमानका साथी व्यवसायी उपेन्द्र महत्तो र केही सम्पादकहरु आफन्त बाहिरका निम्तालु थिए । त्यस्तै अख्तियारबाट पनि सचिव प्रेम कुमार राई मात्र बिहेमा सहभागी भएका थिए । धेरै जना हुने भएकाले उनले आयोगका धेरै सिनियर कर्मचारीहरुलाई पनि बोलाएका थिएनन् ।