एनिभर्सरीमा करोडको भोज गर्नेको हुन् यी ?

436 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पर्यटकीय नगरी पोखराको पाँचतारे होटल फूलबारी रिसोर्टको परिसर शुक्रबारदेखि भोजबारदेखि भोजभतेर र नाचगानले गुन्जिएको छ । प्रवेशद्धारानजिकै चौरमा ध्वजापताकाले झकिझकाउ पालमुन्तिर टेबुलमा मदिरा र मासुको चाङ देखिन्छ । नर्तकीहरु कम्मर मर्काइरहेका छन् ।
झट्ट हेर्दा ठूलो महोत्सवको झलको दिने यो वातावरण नेपालका एक व्यापारीले आफ्नो विवहाको २५ औँ वर्षप्रवेशको अवसरमा दिएको पार्टीको हो ।
व्यापारिक घराना जगदम्बा गु्रपका साझेदार वीरगन्जका सुनिल रुंग्टाले विवाहको रजत महोत्सव मनाउन गरेको यो भोजमा उनका नातागोता, व्यापारी, सांसद, नेता, र विदेशिसमेत सहभगी छन् ।
शुक्रबारदेखि चलेको भोज आइतार समम चल्ने छ । पाहुनाको आउजाउ, खानबस्न र मनोरञ्जनका लागि करिब करोड रुपैयाँ खर्च गरिएको एक व्यापारीले बताए । स्रोतका अनुसार पाहुनाका लागि रिसोर्टका ९२ वटा कोठा बुक गरिएको छ ।

प्रतिरुम मूल्य प्रतिदिन भ्याट र सेवा शुल्कबाहेक सात हजार रुपैयाँ छ । सहभागीको मनोरञ्जनका लागि गायक आनन्द कार्कीसहितका कलाकारको टोली काठमाण्डुबाट ल्याइएको छ । ना ५ ख ३८९५ नम्बरको बसले वीरगन्जदेखि भारतीय कलाकारको टोलीलाई फूलबारी रिसोर्टमा ल्याएको छ ।
अन्नपूर्णपोस्ट् दैनिकबाट