पेटमा टेकेर पत्थरीको उपचार

627 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विराटनगर,फागुन २८ – मोरङको सिसवनी जहदा–८ की एक महिलाले आफूमा दैवीशक्ति आएको भन्दै पत्थरीमो उपचार गर्ने बताएर भीड जम्मा गर्ने गरेकी छन् । उनले पेटमा टेकेर ढुंगा निकाल्दै उपचार गर्ने गरेको दावी गर्ने गरेकी छन् ।   सिसबनीकी ३७ वर्षीया पारोदेवी मण्डलले उपचार गर्ने भन्दै आफ्नो समूह नै खडा डरेर बसेकी छन् । उनलाई पति सीताराम र छोरा जितेन्द्रले पनि साथ दिएका छन् । गत साउनदेखि उपचारका नाममा उनले भिड जम्मा गर्न थालेकी हुन् ।   पारोदेवीले आफू शिवभक्त भएको र भगवानले आफूलाई सिद्दि प्रदान गरेकाले टोकेर पेटको पत्थरी निकाल्न सकेको दाबी गरेकी छन् । सर्वसाधारणले आफ्नो पेटको ढुंगा निस्केको विश्वास गर्ने गरेका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ । –