अडानमा लचिलो बनेर सहमतिमा संविधान ल्याउनु पर्ने – डा. बाबुराम भट्टराई

485 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जोगिमारा-सत्ता पक्ष र विपक्षी दुवैले आफ्नो अडानमा लचिलो बनेर सहमतिमा संविधान ल्याउनु पर्ने एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले बताउनु भएको छ ।

imagesधादिङको जोगिमारामा पत्रकारहरुसँग कुराकानी गर्दै एनेकपा माओवादीका नेता डा. बाबुराम यस्तो बताउनु भएको हो ।

भट्टराईले जेठ १५ गते संविधान जारी गर्ने गरी सहमति गर्नु पर्ने बताउनु भयो । पूर्वप्रधानमन्त्री भट्टराईले वार्ता सकारात्मक रुपमा अगाडि बढ्न नसकिरहेको बताउँदै असहमतिले देशलाई द्वन्द्वमा धकल्ने बताउनु भएको छ । संविधान आउन सकेनभने देश दुर्घटनामा जाने बताउँदै भट्टराईलेसहमतिमा संविधान आउन सकेन भने ७० वर्षको उपलब्धी गुम्ने बताउनु भयो ।

संविधान निर्माणका क्रममा देखिएका विवाद मिल्नै नसक्ने नभएको बताउँदै भट्टराईले संघीयताका लागि काँग्रेसले भनेको ७ र एमाओवादीले भनेको १० लाई मिलाएर ८ या ९ प्रदेशमा सहमति गर्न सकिने बताउनु भयो । काँग्रेस एमाले नौ बुँदे सहमतिबाट पछि नहटेसम्म बार्ता सहमतिमा नजाने भट्टराईको भनाइ थियो ।

बार्तामा सहमति नभए विपक्षी मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गर्ने उहाँले बताउनु भयो ।