बजाजले ल्यायो नोटको बोट योजना

728 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

400x381xBajaj,P20Note,P20ko,P20Bot_mnemonic.jpg.pagespeed.ic.f8Bkhb6vkvकाठमाडा‌ैं । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्दले २०७२को नयाँ वर्षका लागि नोटको बोट योजना लागु गरेको छ । बुधबार (चैत ४ गते) देखि यो योजना लागु हुने कम्पनीले जनाएको छ ।

हरेक उत्सवमा ग्राहकहरुका लागि रोमाञ्चक योजनाहरु ल्याउने क्रममा २०७२ को नयाँ वर्षका लागि नोटको बोट योजना प्रस्तुत गरेको कम्पनीले जनाएको छ । यो योजनामा ग्राहकले एक लाख रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन् ।

योजनाको अवधि भरि बजाज बाइक खरिद गर्ने हरेक ग्राहकहरुलाई एउटा स्क्र्याच कुपन दिइनेछ । यस पटकको स्क्र्याच कुपनमा ११ वटा स्क्र्याच गर्ने ठाउँहरु छन्, जसलाई रुखको पातका रुपमा देखाइएको छ । पहिलो १० पटक स्क्र्याच गरेको अङ्कहरु जोडिने छन् र ११औ पटक स्क्र्याच गर्दा आएको अङ्कले गुणा गरिनेछ र जति अङ्क आउँछ त्यति नगद पुरस्कार ग्राहकहरुलाई दिइनेछ । ११ पटक स्क्र्याच गर्न पाउने भएकाले यसपाली ग्राहकहरुले धेरै नगद पुरस्कार जित्न सक्ने सम्भावना छ ।

स्क्र्याच कुपनबाट ग्राहकहरुले एक लाखसम्म नगद पुरस्कार तुरुन्त जित्न सक्नेछन् । यस योजनामा भाग लिनका लागि ग्राहकहरुले बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक किन्नु पर्नेछ ।

योजनाका बारेमा जानकारी दिदैं हंसराज हुलासचन्द प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘एचएच बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध छ । हामी ग्राहकको सबै खुसीमा साथ दिन चाहन्छौँ । हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरुले यो योजना निकै मन पराउने छन् ।’