चैत १५ गतेलाई संविधानसभाको बैठकको मिति तोकिने सभाध्यक्षको भनाई

534 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sambhidhhaan sabhaaकाठमाण्डौं-संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङले चैत १५ गते बेलुका संविधानसभाको बैठक बोलाउने मिति तय हुने बताउनुभएको छ । मुख्य दलका प्रमुख सचेतकहरुलाई बुधवार  आफ्नै कार्यकक्षमा बोलाएर नेम्वाङले अबको चार दिन भित्र पनि दलहरुवीच सहमति नजुटे आईतबार बेलुका ५ बजे आफैले संविधानसभाको नयाँ मिति र समय घोषणा गर्ने बताउनुभयो । यसअघि मुख्य दलका शिर्ष नेता र सचेतकहरुलाई बोलाएर पटक पटक छलफल गर्नुभएका सभाध्यक्ष नेम्वाङले दलहरुलाई चार दिनको अन्तिम समयसिमा तोक्नुभएको हो । तर सभाध्यक्षसंगको छलफलमा एकीकृत माओवादीले भने जबरजस्ती बैठक बोलाईए संविधानसभा बाटै बाहिरिने चेतावनी दिएको छ । अहिले संविधानसभाको बैठकमा नजाने निर्णय भएको छ तर फेरि बहुमतिय प्रक्रियालाई निरन्तरता दिन बैठक बोलाईए संविधानसभा बाहिस्कारै गर्नेसम्मको निर्णय गर्न सकिने एकीकृत माओवादी र मधेशवादी दलहरुले बताएका छन् । बैठकपछि एकीकृत माओवादी सचेतक गिरिराजमणी पोख्रेलले प्रचण्ड चीनबाट फर्किएपछि सहमतिको थप प्रयास गरिने बताउदै बिना सहमति बैठक बोलाउन नहुने धारणा राख्नुभयो ।