सौगातको ‘रसै चाख्नलाई’ गीतको छायांकन

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

0 (1) (1)बुटवल– बुटवलका पत्रकार सञ्जय सौगातको पहिलो लोकदोहारी गीत ‘रसै चाख्नलाई’को म्यूजिक भिडियोको छायाँकन सकिएको छ । गीतको रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । यस क्षेत्रकै कोरस राखेर छायाकंन गरिएको डान्सि· बेसको यो गीत लुम्विनी अञ्चलमै पहिलो हो । लुम्विनी अञ्चलमा थुप्रै गितहरुको छायाकन गरिएपनि कोरस राखेर भने अहिलेसम्म कुनै गितको छायांकन नगरिएको कोरीयोग्राफर लोकेन्द्र शाहले बताए । ‘यस क्षेत्रमा थुप्रै गितहरुको छायांकन भएका छन् । जसमा यही क्षेत्रका कलाहरुहरुले पनि मोडलिड्ड गरेका छन् । ’ उनले भने ’तर यस क्षेत्रमा कोरस सहितको डान्स विटको छायाकन गरिएको गीतमा ‘रसै चाख्नलाई’ नै पहिलो हो ।

म्यूजिक भिडियोका निर्देशक हितान शुक्रले यस गितको म्यूजिक भिडियोमा अन्य म्यूजिक भिडियोहरुमा भन्दा नितान्त फरक दृश्य र सिनहरु देख्न पाइने बताए ।

अहिले सम्म यस क्षेत्रमा छायाकन भएका गीतहरुमा प्राय फुलवारी, हिलपार्क लुम्विनी लगायतका सिनहरु रहेपनि यस म्यूजिक भिडियोमा भने नितान्त नयाँ लोकेसनमा र आकर्षक सिनहरुसहित छायाकंन गरिएको दावी गरे ।

‘रसै चाख्नलाई, फुलमा डुल्यो भमरा रसै चाख्नलाई म डुलेको बटौली माया डाक्नलाई’ बोलको यो गितमा पत्रकार तथा गायक सञ्जय सौगात र गायिका पुर्णकला वि.सीको स्वर रहेको छ भने गीतको शब्द संगित गायक सौगात स्वयले नै गरेका हुन । गीतको म्यूजिक भिडियोमा कपिलवस्तु जिल्लाका पहिलो डान्स आइडल राज कार्की र बुटवलकी नृत्य प्रशिक्षक कविता आचार्यको अभिनय तथा नृत्य रहेको छ । गीत म्यूजिक भिडियोसहित आगामी नया वर्ष २०७२ सालको पहिलो दिन बैशख १ गते विमोचन गर्ने तयारी रहको गायक सौगातले बताए ।

निर्देशक शुक्र संगितकार समेत हुन उनको शब्द संगित रहेको ‘तिम्रो मुटुको कुनै कुनामा’ बोलको गीत अझै पनि चर्चाकै शिखरमा रहेको छ । त्यस्तै कोरीयाग्राफर शाह आस्था कला केन्द्र बुटवलका सञ्चालक हुन । उनले लामो समयदेखि बुटवलमा रहेर नृत्य प्रशिक्षण दिंदै आएका छन् ।