एउटै मोबाइलबाट ६ वटा मोवाइलमा सम्पर्क गर्न मिल्ने

1032 पटक पढिएको

२० चैत्र २०७१, शुक्रबार २०:२४ सम्पादक: धादिङ न्यूज

एउटै मोबाइलबाट ६ वटा मोवाइलमा सम्पर्क गर्न मिल्ने एउटै मोबाइल फोनबाट एकसाथ ६ ओटाभन्दा बढी फोन नम्बरहरुमा प्रत्यक्ष सम्पर्क गर्न मिल्ने एन्ड्रोइड एप्लिकेशन बजारमा आएको छ। निर्माता कम्पनीले उक्त एप गुगल प्लेमार्फत डाउनलोड गर्न सकिने बताएको छ।

flyp4
 उक्त एप प्रयोगकर्तालाई पहिलो एक नम्बर सक्रिय गर्दा शुल्क नलाग्ने र अन्य नम्बरहरुमा मासिक २ डलर ९९ सेन्ट शुल्क लाग्ने छ। मानिसलाई एकीकृत रुपमा प्रत्यक्ष सम्पर्कको बहुसेवा एकै मोवाइल वा एप्लिकेशनबाट दिलाउनु नै यस एपको मुख्य उद्देश्य रहेको यसका निर्माता मध्येका एक पिटर रिन्फ्रेटले बताए।
 flyp4 एपलेले प्रयोगबिहीन नम्बरहरुका बारेमा जानकारी दिने, कुन नम्बरबाट कतिलेला फोन आउन सक्छ भन्ने अनुमानको आधारमा आफूले काम गर्ने समयमा आउने फोनलाई अन्य फोनहरुमा ट्रान्सफर गर्न मिल्नेजस्ता सुविधा रहेको छ।
 एप निर्माताले निकट भविष्यमै भ्वाइसमेललाई टेक्स्ट मेलमा ट्रान्सलेशन गरेर म्यासेज पठाउन मिल्ने गरी एपलई अपग्रेड गर्ने आफनो रोडम्याप रहेको बताए।