अपाङगता भएका व्यक्तिहरुको नेतृत्व विकास सम्बन्धी तालिम

590 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महिला तथा बालबालिका कार्यलयको हल सदरमुकाम धादिङबेशीमा ३ दिन देखी सञ्चालित नेतृत्व विकास सम्बन्धी तालिम सोमवारबाट सकिएको छ । तालिममा सहि नेतृत्वको छनोट, नेतृत्व समर्थन, स्रोतको पहिचान तथा परिचालन लगायतका विषयमा जानकारी गराईएको थियो । तालिममा उठेका विषयवस्तू माथी सहजकर्ताहरु श्याम मग्राती र सुमन खनालले सहजीकरण गर्नुभएको थियो । तालिममा बहिरा, शारिरिक अपाङ्गता, नेत्रहिन, भकभके, बौद्धिक मन्दता लगायतका अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको अपाङ्ग पुनस्र्थापना समाज धादिङका अध्यक्ष अश्विन लम्सालले जानकारी दिनुभयो । अपाङ्ग पुनस्र्थापना समाज धादिङको आयोजना तथा निलकण्ठ नगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।