३८ लाख मोवाइल अबरुद्ध हुने

806 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

telicomनेपाल टेलिकमको सिस्टम अपग्रेडिङका कारण जिएसएम मोवाइल सेवा अवरुद्ध हुने भएको छ ।टेलिकमले शुक्रबार र शनिबार सिस्टम अपग्रेडिङका कारण ३८ लाख मोवाइल सेवा अवरुद्ध हुने जनाएको छ । जिएसएम सिस्टम अपग्रेडिङ प्रणाली अनुसार काम भइरहेकाले शुक्रबार राति देखी शनिवार विहान विहानसम्म मोबाइल सेवा अवरुद्ध हुनेछ ।नेपाल टेलिकमले पुरानो बिलिङ सिस्टमबाट नयाँ बिलिङ प्लेटफर्ममा ट्रान्सफर गर्न लागेको जनाएको छ । सिस्टम अपग्रेडिङका कारण्ँ देशका विभिन्न स्थानका पोष्टपेड तथा प्रिपेड दुबै मोवाइल सेवा प्रभावित हुनेछन् ।शुक्रबार राति नौ बजेदेखि शनिबार विहान चारबजेसम्म मोबाइल सेवामा बढि समस्या हुनसक्ने अनुमान टेलिकमले गरेको छ ।
नेपाल टेलिकमले सिडिएमए मोवाइलको भने यसअघि नै बिलिङ प्रणाली परिवर्तन गरिसकेको सिडीएमए मोबाइलमा भने कुनै समस्या देखिने छैन । नेपाल टेलिकमका अहिले देशभर एक करोड २० लाख भन्दा धेरै मोवाइल सेवाका ग्राहक रहेका छन् ।