कोलोराडोमा शुभकामना सांझ सम्पन्न

1072 पटक पढिएको

प्रकाशित मिति: २०७२, ७ बैशाख सोमबार २०:४९

सम्पादक: धादिङ न्यूज

 

 

नातिबाबु भट्ट
कोलोराडो, अमेरीका

नयां बर्ष २०७२ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले बिशेष कार्यक्रम आयोजनागरि एक आपसमा शुभकामाना आदान प्रदान गरेका छन् ।
नेपालीहरुको साझा संस्था नेपालीघर र रकि माउण्टेन्स फ्रेन्डस् अफ नेपालले संयूक्त रुपमा आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।
डेनवर्क स्थित नर्थग्लेन हाई स्कूलमा सनीबार सांझ सम्पन्न भएको कार्यक्रममा, सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाटोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आÏनो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । कार्यक्रममा नेपाल र नेपाली सांस्कृती प्रति मायां र सद्भाव राख्ने अमेरीकीहरु पनि कार्यक्रममा सहभागी भएका देखिन्थे ।
DSC_0101कार्यक्रमका बिशेष अतिथी डा.बिष्णु श्रेष्ठ तथा नेपाली राजदुतावासका मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनालीले संयूक्तरुपमा पानसमा बत्ती बाली उद्याटन गरिएको थियो । कार्यक्रममा लोक गायक महेश बुढाथोकी बिशेष उपस्थिती रहेको कार्यक्रममा झण्डै ३ सय भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो ।
देश भक्तिको गीतबाट सुरु गरिएको शुभकामाना सांझमा अधिकांश मनोरन्जन दिने खालका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । गायक महेश बुढाथोकीले कापलगेडी कुटुक्क लगायत झण्डै आधा दर्जन लोकगीत गाएर सहभागीलाई लठ्ठ बनाएका थिए । त्यस्तै स्थानीय कलाकारहरुले आ–आङ्खना कलाले सहभागीको मन जित्ने प्रयास गरेका थिए । लोक , आधुनिक , देश भक्ति,पप, तथा तथा बिभिन्न जात जातीका गीतमा कलाकार भाई बहिनीहरुले कम्बर मर्काई मर्काई नेपाली शैलीमा नाचेको हेरीरहदा आफुलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो । दर्शक दिर्घाबाट ताली र हुटिङको आवाजले हल गुन्जीरहेको थियो ।
आयोजक संस्थाका अध्यक्ष द्धय नारायण श्रेष्ठ र शरद आचार्यले कार्यक्रमका अतिथी बिशेष अतिथीहरुलाई खादा पहि¥याएर सम्मान गरेका थिए । कार्यक्रममा बिश्वको सात माहादेशको उच्च हिमाल चढेर विश्वमा नेपालको नाम चम्काउन सफल महिला टिमकी टिम लिडर सैली बस्नेतले आङ्खनो यात्रा अनुभव सहभागी सामु गर्वकासाथ राखेकी थिईन ।
त्यसैगरी सोही कार्यक्रममा रकि माउण्टेन्स फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न निर्वाचनमा बिजयी पदाधिकारीहरुलाई स्वागत र निवर्तमान पदाधिकारीलाई प्रमाण पत्र प्रदान गरी बिदाई गरिएको थियो । कार्यक्रममा उपस्थित सवैलाई आयोजक संस्थाका अध्यक्ष द्धयले धन्यबाद दिएका थिए ।
हालै नयां निर्वाचित रकि माउण्टेन्स फ्रेन्डस अफ नेपालका पदाधिकारीहरुलाई स्टेजमा बोलाएर सम्मान गर्नु तथा पुरानो समितीका पदाधिकारीलाई प्रमाण पत्रका साथ बिदागर्नु, दुबै संस्था संगै मिलेर जाने बचन बद्धता दोहो¥याउनु सकारात्तमक पक्ष रहेको थियो । भने तोकीएकै समयमा कार्यक्रम सुरुगर्न नसक्नु, कार्यक्रमा एउटा ब्यानरको ब्याबस्था गर्न नसक्नु , अगिल्ला कार्यक्रमहरुमा जस्तै दर्शकलाई भरपुर मानोरञ्जन प्रदान गर्न नसक्नु र कार्यक्रमको सुरुमा राष्ट्रिय गान नबजाउनु कमजोरी भएको दर्शकको गुनासो छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७२, ७ बैशाख सोमबार २०:४९ मा प्रकाशित