विदेशमा सहयोग जुटाउंदै बैरेनीका भुकम्प पिडितको लागि राहत
765 पटक पढिएको

बैरनी –बैशाख १२ गते गएको महा भुकम्प परेका पिडितहरुलाई राहत सहयोग उपलब्ध गराउने उद्धेश्यका साथ धादिङको बैरेनी गल्छी घर भई हाल दुबईमा रहेका राजकुमार ढकाल र अस्ट्रेलियामा रहेका रामकुमार श्रेष्ठले साथीहरुको सहयोग लिएर राहतका लागि रकम जुटाएका छन ।
सर्पोट फर्म नेप्लिज लाउनस्टन अष्ट्रेलिया Support from Nepalese in Launceston,Australia लगायतको सहयोगमा ५ लाख २५ हजार रकम जुटाएर साकार कृषी सहकारी संस्था गल्छि तथा आर एस नेपाल सस्था मार्फत गाउँ गाउँमा राहत सामाग्री बितरण गरिएको सहकारीका अध्यक्ष सन्तोष अधिकारीले बताउनुभयो । यसरी जुटाईएको सहयोग मार्फत बैरेनी गा वि सका हाल सम्म राहत नपुगेको वडा नं ८ को छत्तीवनटारमा ९० घर परिवारलाई प्रति परिवार १ बोरा चामल त्रिपाल दाल नुन मैनबत्ती सलाई वितरण गरिएको छ । त्यसै गरी बैरेनी गा वि स वडा नं ४ को कोईलीखर्कका भुकम्प पिडित ९० घर परिवारका लागि सोलार लाईट तथा खाद्यान्न वितरण गरिएको थियो ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७२, ३० बैशाख बुधबार १७:४० मा प्रकाशित