ज्यामरुङका दुई सय परिवारलाई जस्तापाता सहयोग

802 पटक पढिएको

प्रकाशित मिति: २०७२, ३० बैशाख बुधबार १७:४६

सम्पादक: धादिङ न्यूज

 

 

11253798_1073739995973435_1447962394_nज्यामरुङ–भुकम्पले घर भत्किएर खुल्ला आकाशमुनी वस्दै आईरहेका धादिङको ज्यामरुङ गाविसको सिम्ले गाउँका २ सय घर परिवारले घर निर्माणका लागि जस्तापाता सहयोग पाएका छन ।
11117886_1073739952640106_797039333_nअमेरिका बस्दै आईरहेका नेपालीहरुको संस्था सहायता नेपाल मार्फत ज्यामरुङ गाउंका २ सय घर परिवारलाई एक सय बण्डल जस्तापाता राहत सहयोग गरिएको हो । ज्यामरुङ गाविसको वडा नम्बर २ सिम्ले घर भई हाल सानफ्रान्सिको क्यालफोर्निया अमेरीका बस्दै आईरहनु भएका शंकर कुमार श्रेष्ठको पहलमा घर विहिन परिवारलाई सहयोग स्वरुप जस्ता पाता उपलव् गराईएको सहयोगी टोलीका सदस्य इश्वित श्रेष्ठले जानकारी दिनु भयो ।
11225503_1073740059306762_614899530_nराहत बितरण संगै हिमालय डेण्टल एण्ड अर्थोडेण्टिक सेन्टर गाेंगबुको चिकित्सक टोलीले गाउंलेहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो भने नेपाली उद्यमी फोरमको सहयोगमा यहांका १ सय परिवारलाई लाईफस्ट्र वाटर फिल्टर समेत वितरण गरिएको थियो । नयाँ प्रविधिको फिल्टरबाट धमिलो पानीलाई तत्काल प्रशोधन गरी पिउन सकिने पनि श्रेष्ठले वताउनु भयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७२, ३० बैशाख बुधबार १७:४६ मा प्रकाशित