धादिङ पोखरा सम्पर्क सदनद्वारा श्रद्धान्जली सभा

553 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा, – नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदनले भूकम्पमा परी मृृत्यु भएकाहरुको सम्झनामा बुधबार श्रद्धान्जली सभाको आयोजना गरेको छ ।
images                  नेपाली काँग्रेस पार्टी कार्यालय चिप्लेढुङ्मा बसेको बैठकले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनागर्दै मृतकको आत्माले शान्ति प्राप्त गरोस भन्दै राज्यले छिटोभन्दा छिटो राहतलाई व्यवस्थित वनाउन आग्रह समेत गरेको छ ।

                                       सदनका सभापति केदार धमलाको अध्यक्षतामा वसेको वैठकले पोखरेली समुदायले भूकम्प पीडितमाथि देखाएका सहानुभूतिको प्रशंसा गर्दै आगामी दिनमा अझ व्यापकता पाउनेमा आशा व्यक्त गरिएको थियो । देशको विभिन्न जिल्लामा भएको जनधनको क्षतिलाई स्थानीय तवरबाट संरक्षण गर्न ‘जहाँ जनता त्यहाँ संघर्ष’ लाई आत्मसात गर्न समेत आग्रह गरिएको थियो ।

                            सदनका सचिव माधव लम्सालको सञ्चालनमा रहेको उक्त वैठकले राहत वितरणमा स्थानीय समाजसेवी एवं प्रशासनको सहयोगमा न्यायोचित वितरण गर्न सदनले सुझाव समेत दिएको छ । वैठकमा सदनका सल्लाहकार ढुण्डीराज मिश्र, उपसभापति दिनेशकुमार श्रेष्ठ, यादुप्रसाद ढकाल, कोषाध्यक्ष दिपेन्द्र थपलिया, सहसचिव अजय तामाङ, सदस्यहरु डिलबहादुर ढकाल, इन्द्रबहादुर अधिकारी लगायतले धादिङबाट पोखरा आई विभिन्न पेशा व्यवसाय गर्ने काँग्रेस पार्टीमा आस्था र प्रजातन्त्र प्रेमीबीच आपसी छलफल गर्दै जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरुको विभिन्न समस्या र सहयोगकोलागि क्रियासिल रहने सदनले जनाएको छ ।

                 पोखरामा गठन भएको सदनको सभापतिमा केदार धमला, उपसभापतिमा दिनेश कुमार श्रेष्ठ(मंगल), यादुप्रसाद ढकाल, सचिवमा माधव लम्साल, सहसचिवमा अजय तमाङ, कोषाध्यक्षमा दिपेन्द्र थपलिया, सहकोषाध्यक्षमा राजन इटनी निर्वाचित भएका थिए । सम्पर्क सदनमा ईन्द्रबहादुर अधिकारी, नारायण दुवाडी, सीता श्रेष्ठ, अर्जुन भट्ट, ऋषि लम्साल, डिलबहादुर ढकाल, टेकबहादुर थपलिया, गोविन्द अधिकारी, कृष्ण थपलिया सदस्यमा चयन भएका छन् । २०५५ सालमा स्थापना भएको धादिङ पोखरा सम्पर्क समितिका सस्थापक कोषाध्यक्ष एवं नेपाली काँग्रेसका अगुवा ढुष्डीराज मिश्रले सकारात्मक सोचले अगाडि बढ्न आग्रह गर्दै सदन पीडितहरुकालागि राहत बनेर अगुवा गर्न सुझाव दिएका थिए । सदनमा कृष्णकुमार श्रेष्ठ, हरिशंकर अर्याल, कृष्णबहादुर शाह, विष्णु आचार्य, कमलबहादुर पाण्डे र लालप्रसाद पाठक सल्लाहकारमा रहेको सदनका सचिव माधव लम्सालले जानकारी दिएका छन् । वैठकले भूकम्प पीडितलाई राज्यले स्वस्थ्य, सुरक्षित आवास तथा चोरी डकैति गर्नेलाई कावार्ही गर्न अनुरोध गर्दै मानसिक पीडा नदिन समेत आग्रह गरेको थियो ।