बेलायतका चर्चहरुद्धारा धादिङमा राहत

1236 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जयराम तमाङ

dhading6 बेलायतको बिभिन्न शहरहरुमा बसोबास गर्दै क्रिश्चियन धर्ममा सेवा गर्दै आएका नेपाली क्रिश्चियनहरुले धादिङ जिल्लाको क्षेत्र नं तीनको भूकम्प पिडितहरुलाई केहि राहत बितरण गरेको छ ।
dhading7अनुग्रह मण्डली ग्रेस,मल्किसेदक मण्डली हन्स्लो, ख्रीष्ट आत्मिकि मण्डली डोन्कास्टर,प्रभु येशू ख्रीष्ट गोर्खा मण्डली स्विण्डन, सेन्ट जोन चर्च स्विण्डन् र ब्यातिmगतरुपमा ््र श्री गो अमातीले गरि जम्मा पा“च लाख बहत्तर हजार पा“च सय पैसी रुपया“ बराबरको दैनिक अतिआवश्यक समानहरु वितरण गरेको थियो ।
भूकम्पको समस्या तत्काल मात्र नभई दीर्घकालीन समस्या हो भन्ने उद्देस्यको साथ राहत संकलन गरेर पठाएको हो भनि प्रभू येशू ख्रीष्ट गोर्खा मण्डली स्विण्डनका पास्टर जेम्स लिम्बुले बताउनु भयो ।
दुई पटक गरि पठाएका राहत सीतापाईला चर्चका विश्वासी दर्ज बहादुर रुम्बा प्रमोद तमाङ र एल्डर अजय रुम्बाको सहयोगमा र गजुरी गा बि स वडा नं ८ का भूकम्प सहयोग समितीका सदस्य हर्क बहादुर तमाङको सहयोगमा बितरण गरिएको थियो ।
गजुरी गा वि स वडा नं ८ छेपाङको २७० घर धुरीलाई पहिलो पटक बितरण गरिएको थियो भने दोस्रो पटक महादेबस्थान गा बि स को ६ नंम्बर वडाको अति नै दुरगम सिमटार ,सुन्दरनाङगी ,बा“सखर्क र नौले डा“डा का १५० घर धुरीलाई बितरण गरिएको थियो । त्यस्तै गरि गजुरी गाबिस कै भदौरेका आफ्ना २ जना ज्यान गुमाएका परिवारको लागी पनि  राहत बितरण गरेको छ । त्यस्तै धेरै क्षति पुगेकाहरुलाई र आर्थिक अवस्था अति नै नाजुक रहेकाहरुलाई दैनिक अति आवाश्यक कुरा र केहि नगद समेत वितरण गरेको थियो । गजुरी गाबिस कै ८ नम्बर वडाको दयाराम दमैको को घर भत्किएर लुगा सिलाउने मेसिन सबै पुरिए पछि आम्दानीको श्रोत नै बन्द भएकोले उनिकरुको लागी एउटा कल किनेर दिएको थियो ।
ब्यात्तिगत रुपमा सहयोग गर्ने देबि घले र शोर्णिमा लामाले संघ सस्था मार्फत पठाउदा कुन ठाउ“मा कसरी र कति सहयोग भयो भन्ने कुरा नै थाहा हुदैन , हामीले अनलाईन मार्फत कति सहयोग गरेको थियौ तर यो पटक प्रत्यक्ष रुपमा पिडितले नै पाएको खबर सुन्दा फेरी पनि सहयोग गर्न मन लागेको कुरा खुशी हुदै भनेका थिए । राहत पाउने सम्पूर्ण भूकम्प पिडितहरुले राहत वितरणकर्ताहरु र सहयोगदाताहरुलाई धन्यबाद दिएको थियो ।

dhading18 lekh0 lekh1