प्रेमीबाट खोसेर सामूहिक बलात्कार

579 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

बिपी कोइराला स्वास्थ्य विज्ञान/प्रतिस्ठानपरिसरमा सोमबार राति १५ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सात आठजनाको समूहमा आएको युवाले प्रेमीसँग रहेकी उनलाई खोसेर बलात्कार गरेका हुन् । प्रतिष्ठानपरिसरको पश्चिमतर्फको चौरमा साथीसँग बसिरहेकी धरान १७ की ती किशोरीलाई समूहले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मादक पदार्थ सेवन गरेका ती युवाले सँगै रहेका केटा साथीलाई निर्घात कुटपिट गरी भगाएको र किशोरीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिए । सँगै रहेका युवक उनका प्रेमी भएको बताइएको छ । राति करिब साढे नौ बजेको समयमा समूहले किशोरीलाई चौरबाट नियन्त्रणमा लिएर जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । मुखमा पट्टी बाँधेको र आँखा पनि छोपेका कारण उनीहरुलाई चिन्न नसकेको पीडित किशोरीले बताएकी छन् । उनलाई अर्धचेत अवस्थामा छिमेकीले भेट्टाएर परिवारलाई जिम्मा लगाएका थिए । परिवारले उनलाई राति नै उपचारका लागि अस्पताल भर्ना गरेको थियो ।