असार वा साउनमा संविधान आउँछ – गच्छदार

526 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Gachhadar Express his Viewविराटनगर, ३० जेठ – मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले समावेशी र समानतामा आधारित आठ प्रदेशको सङ्घीयतासहितको संविधान मुलुकले अविलम्ब पाउने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सकभर असार महिनामै नभए साउनको मध्यसम्ममा मुलुकले संविधान पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय सरकारको गठन भएपछि मुलुकमा भूकम्पका कारण उत्पन्न विपत्तिलाई समाधान गर्नका लागि राजनीतिक दल एक भएर लाग्ने बताउनुभयो । राजनीतिक समस्यालाई समाधान नगरी राष्ट्रिय एकता सम्भव नरहेको उल्लेख गर्दै उहाँले सानातिना कुरामा नअल्झन असन्तुष्ट दललाई आग्रह गर्नुभयो ।