चौधौं राष्ट्रिय सरसफाई सप्ताह शुरु, धादिङमा पनि विभिन्न कार्यक्रम गरि मनाइंदै

677 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ryaali copy

धादिङ,२२ जेठ ( धादिङन्युज) । ‘सबै जनता सबै दल, सरसफाईमा लगाउं अझै बल’ भन्ने नाराका साथ चौधौं राष्ट्रिय सरसफाई सप्ताह आज देखि देशैभरी शुरु भएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङको आयोजनामा धादिङबेसीमा ¥याली सम्पन्न भएको छ ।
धादिङबेसी पुछारवजारवाट शुरु भएको ¥याली वजार परिक्रमापछि सिरानवजार चौतारामा पुगेर समापन गरिएको थियो । ¥यालीमा विभिन्न संघसंस्था तथा सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर डिभिजन खानेपानी तथा सरसफाई कार्यालय धादिङ र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा धादिङ तथा अन्य सरोकार निकायहरुको संयुक्त आयोजनामा जेठ २२ गते देखि २८ गते सम्म जिल्लामा विभिन्न कार्यक्रमहरु गरिने वताईएको छ ।
समन्वय समितिमा जिल्ला विकास समिति,डिभिजन खानेपानी तथा सरसफाई कार्यालय र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा नेपाल रेडक्रस, उद्योग वाणिज्य संघहरु लगायतका निकायहरु रहेका छन ।