“धादिङ्ग समाज कोरिया” द्वारा भूकम्प पिडित बिद्यालयलाई जस्ता पाता वितरण

935 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सन्तोष अधिकारी- सिओल,

korea 2भूकम्पको चपेटामा परेको जिल्ला धादिङ्गको उत्तरी भेगमा रहेका बिभिन्न्न ७ बिद्यालयहरुलई “धादिङ्ग समाज कोरिया” ले जस्ता पाता वितरण गरेको छ। समाजले अचने ऊ. मा.बि. त्रिपुरेश्वर, भीमोदय मा.बि.आगिन्चोक , कमला देबी नी.मा.बि. मुलपानी, महा लक्ष्मी ऊ.मा.बि. बसेरी, बसेरी मा.बि. बसेरी, तामाङ्ग खर्क ऊ.मा.बि. गुम्दी र गणेश मा.बि. दार्खा मा गरि जम्मा १० फुटे जस्ता पाता ४४ बन्डल वितरण तथा हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा समाजका महासचिब लगाएत ५ जना सदस्य टोलीको प्रत्यक्ष्य उपस्थिति रहेको थियो । आफु स्वयं भूकम्प पिडित “धादिङ्ग समाज कोरिया” का साथीहरु यस बेला निरन्तर सेवामा लागिरहेका छन् । पहिलो चरणमा सबैले आ-आफ्नो ठाउँलाई सहयोग गरे भने दोश्रो चरण बाट सँस्थागत ढंगले शिक्षा क्षेत्रतर्फ अघी बढेका हुन् ।

korea 1  korea 2 korea 3 korea 4