तनाव लिने महिलाको आयु कम

546 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

क्यालिफोर्निया– तनाव कसको जीवनमा आइलाग्दैन तर यसलाई कसरी लिने भन्ने ब्यक्तिको बानीमा निर्भर गर्छ । सानो कुरालाई पनि लामो समय तनाव लिनेहरुले होसियार हुनुपर्ने भएको छ । धेरै समय तनावमा गुजार्ने महिलाहरुको आयु छोटो हुने एक अध्ययनले देखाएको छ । किनकि उनीहरुमा क्लोथो नामको हर्माेनको स्तर तनावले निकै कम गर्ने भएकाले उमेर घट्छ । यो हर्माेनले उमेर नियन्त्रण गर्ने शोधकर्ताले बताएका छन् । ट्रान्लेसनल साइकाइट्री जर्नलमा प्रकाशित अध्ययनका अनुसार यस्ती (तनाव लिने महिला)को रगतमा क्लोथो हर्माेनका स्तर धेरै कम पाइएको छ ।  यो अध्ययनका मुख्य लेखक युनिभर्सिटी अफ क्यालिफोर्नियाका सहायक प्रोफेसर ऐरिक प्राथेरले भने, ‘हाम्रो परिणामबाट थाहा हुन्छ कि क्लोथो हर्मोनको लामो समयसम्म तनाव र अल्पायुमै मृत्युसँग सम्बन्ध छ । यो हर्मोन स्वास्थ्य लागि निकै अहम् मानिन्छ ।’ अध्ययन उच्च तनाव लिने ९० जना  र कम तनाव लिने ८८ जनामा गरिएको थियो । जसका आधारमा यस्तो निष्कर्ष निकालिएको हो