विद्यालयको पुर्ननिर्माणका लागि १ लाख ३८ हजार सहयोग

688 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,  बंगलादेशमा रहेको रंगपुर मेडिकल कलेजमा अध्ययनरत धादिङका डाक्टर अनुज श्रेष्ठले भूकम्पबाट प्रभावितहरुलाई १ लाख ३८ हजार ८ सय रुपैया सहयोग गर्नुभएको छ ।
anuj shrestha
धादिङको त्रिपुरेश्वर निवासी श्रेष्ठले आफु पढ्ने कलेजसँग समन्वय गरी आर्थिक रकम जुटाउनुभएको हो । रकम धादिङ स्वास्थ्य समाजको खातामा जम्मा गरीसक्नुभएको छ । समाज मार्फत विद्यालयको पुर्ननिर्माणका लागि प्रदान गरिने जानकारी दिनुभएको छ ।
सहयोग रकम त्रिपुरेश्वर गाँउ विकास समितिको वडा नं १ सुकौरामा रहेको जनज्योति निमाविको भवन निर्माणका लागि सहयोग गरिने जानकारी गराइएको छ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले त्यस विद्यालयको भवनहरु पूर्ण रुपमा क्षति भएपछि विद्यालयको पुर्ननिर्माणका लागि सहयोग गरिएको श्रेष्ठले बताउनुभयो ।
नेपाल सरकारले छात्रवृतिमा एमविविएस सकेर इन्टरसिप गरिरहनु भएको डा. श्रेष्ठले आगामी दिनहरुमा पनि आफ्नो क्षेत्रका लागि सहयोगका रकमहरु जुटाउने बताउनुभयो । आफु त्यसै क्षेत्रमा जन्मेको भएर त्यहाँको विकासका लागि सक्दो सहयोग गर्ने समेत जानकारी दिनुभयो ।