कँडेल मुक्तिनाथ विकास बैंक सञ्चालकमा

1041 पटक पढिएको

१६ श्रावण २०७२, शनिबार ०६:३६ सम्पादक: धादिङ न्यूज

काठमाडौं: मुक्तिनाथ विकास बैंकको सञ्चालकमा चूडामणि कँडेल नियुक्ति भएका छन्।
सर्वसाधारण सेयरधनी समूहको तर्फबाट बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक नियुक्त गरेको हो।बैंकमा सर्वसाधारण सेयरधनी समूहका तर्फबाट एकजना सञ्चालकको पद रिक्त थियो।
CHUNDAMADI_KADEL_638490316बैंकको सेयर स्वामित्व संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत छ भने सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट चारजना, सर्वसाधारण सेयरधनीको तर्फबाट तीनजना र व्यावसायिक विशेषज्ञ एकजना रहने व्यवस्था रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए।