भारतले नेपालमा नाकाबन्दी गर्नखोज्दा पाकिस्तानको यस्तो जवाफ –

443 पटक पढिएको

सम्पादक: Dhading News

india_pakistanकाठमाडौं । भारत सरकारले नेपालमा आपुर्ति व्यवस्था थप्प पार्नेगरि नाकाबन्दी लगाउन खोजेकोमा विश्वभारबाट विरोध भैरहेको छ । नेपाल भुपरिवेष्ठीत मुलुक भएकाले अन्तर्राष्ट्रिज्ञय रुपमा नेपालले विशेष अधिकार प्राप्त गरेको छ ।

तर, भारतले नेपालको अधिकारलाई नै चुनौति दिँदै नाकाबन्दी लगाउन खोजेकोमा पाकिस्तानले असन्तुष्टि जनाएको छ । पाकिस्तानले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएकै दिन स्वागत गरेको थियो ।

पाकिस्तानले नेपालमा अमन चयन हुँनु र आर्थिक विकास तर्फ लम्कन खोज्नुले दक्षिर्ण सियालाई नै फाइदा हुने बताएको छ । पाकिस्तानले नेपालको संविधान बनाउने अधिकार नेपाली जनतालाई मात्र भएको र नेपालीको स्वाभिमानमाथि कसैले पनि आँच आउने काम गर्न नहुने बताउँदै आएको छ ।

हिजो मात्र पाकिस्तानको नेपालस्थित दुतावासले विज्ञप्ती जारी गर्दै नेपालको पछिल्लो घटनाक्रम र संविधानसभाबाट संविधान जारी भएकोमा खुसी व्यक्त गर्दै संविधानको स्वागत गरेको छ ।

पाकिस्तानी दुतावास स्रोतले भारतको नाकाबन्दी लगाउने तयारीको विरोधमा विज्ञप्ती निकाल्ने तयारी भएको बताएको छ ।

पाकिस्तानी दुतावास स्रोतले नेपाल सन्देशलाई दिएको जानकारी अनुसार भारतीय सरकारले नेपालमाथि नाकाबन्दी लगाउने विषयलाई पाकिस्तानले अस्विकार गर्ने बताइएको छ ।