अमेरिकाको कोलोराडोमा विजया दशमी तथा दिपावलीको शुभकामना कार्यक्रम

1014 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नातिबाबु भट्ट – अमेरिका
नेपालीहरु संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो संस्कृतिलाई भुल्न सक्दैनन । हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा एक समारोह बिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेर सात समुद्र पारी रहेका नेपालीहरुले आफ्नो संस्कारको सम्झना गरेका छन ।
DSC_0187 (1)नेपाली कांग्रेस निकट रहेकाहरुको प्रवासी संगठन नेपाली जन सम्पर्क समिती कोलोराडो च्याप्टरको आयोजनामा सम्पन्न कार्यक्रममा कोलोराडोमा कृयाशिल संघ संस्था प्रतिनीधी, गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रममा अधिकांस वक्ताहरुले देश विदेशमा रहेका सबै नेपालीहरुलाई शुभकामाना दिंदै भुकम्पले बनाएको घाउमा खाटा बस्न नपाउदै भारतले नाकावन्दी लगाएर घाउमा नुन चुक लगाउने काम गरेको धारण व्यक्त गरेका थिए ।
भारतले अनावश्यक दुःख दिएको भन्दै देश विदेश बाट अघोषित नाकाबन्दी विरुद्ध बिरोध तथा दवावको कार्यक्रहरु सगै लैजानु पर्ने बताए । उनीहरुले नेपालको अवस्था अहिले ज्यादै कहाली लाग्दो रहेको बताउदै नवदुर्गा भवानीको आर्शिवादले यो समस्याको चाडैनै अन्त्य हुने आशा व्यक्त गरे ।
यसरी शुभकामना मन्तव्य दिने अतिथीहरुमा नेपाली कांग्रेस गोरखाका पुर्व जिल्ला सभापति बुद्धी लामीछाने, नेपाली जन सम्पर्क समिती पुर्व केन्द्रिय सदस्य जगन्नाथ गौतम, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमुधी कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, एनआरएन कोलोराडोका अध्यक्ष बासुदेव खनाल, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका पुर्व अध्यक्ष तथा बोल्डर काउन्ट्रि एजुकेटिप मेम्वर शुरेन्द्र श्रेष्ठ, नेवा खलका अध्यक्ष प्रेम काजी श्रेष्ठ, आयोजक संस्थाका सल्लाहकार बिनोद गौली, उपाध्यक्ष निरा गौतम लगायतका रहेका थिए ।
कार्यक्रम नेपाली जन सम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभापतीको आसन बाट कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै भन्डारीले नेपाली सस्कृतीको जगेर्ना गर्न तथा साथी भाई एक आपसमा भेटी शुभकामना आदान प्रदान गर्न कार्यक्रम आयोजना गरेको बताए । उनले नेपाली कांग्रेसले सधैं दशैं तिहारको अवसरमा नेपालमा चियापान कार्यक्रम गर्ने गरेको र यहां पनि त्यसकै निरन्तरता रहेको बताए । माहसचिव ज्ञानेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा सबैले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । तैपनि नेपालको पिडाले गर्दा कसैको पनि मुहारमा खुशी र उत्साह देखिएको थिएन ।