आज कोजाग्रत पूर्णिमा

802 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (12)धादिङ– कात्तिक ९ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात दसैँ सोमबार कोजाग्रत पूर्णिमाको दिन सकिँदैछ । सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर दसैँ समापन गरिँदैछ ।

कोजाग्रत पूर्णिमाको राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर सोमबार दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैँ र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ ।

सोमबार राति ८ बजेर १३ मिनेटसम्म चतुर्दशी तदुपरान्त पूर्णिमा लागे पनि पूर्णिमा व्रत भने मध्यरात मंगलबार प्रातःकाल बस्नुपर्ने र सोमबार मध्यराति नै कोजाग्रत मनाउनुपर्ने पञ्चाङ्गमा उल्लेख छ । आकाशदीप दान र कात्तिक स्नान पनि  मंगलबारदेखि सुरु हुनेछ ।