१० दिनपछि पूरै सिलिन्डर भर्न दिने तयारी

505 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं-उद्योगीहरूले पूरै सिलिन्डर ग्यास भर्न माग गरे पनि नेपाल आयल निगम र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग तत्काल सो अनुमति दिने पक्षमा छैनन् । निगम प्रवक्ता मुकुन्द घिमिरेले सर्वसाधारणले सहजै नपाइसकेकाले पूरै सिलिन्डर ग्यास भर्ने प्रस्ताव तत्कालै सदर नहुने बताए । ‘तत्कालै पूरै सिलिन्डर ग्यास भरेर पठाउने उद्योगीको प्रस्तावलाई मान्न सकिँदैन,’ उनले भने । तर, अनुगमनकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेले भने अझै कम्तीमा १० दिनसम्मको वितरण प्रणाली हेरेर पूरै सिलिन्डर ग्यास भर्न दिन सकिने बताए ।