कोलोराडोमा नेपाल डे परेड तयारी गर्न ५१ सदस्सिय समिती गठन
707 पटक पढिएको

नातिबाब भट्ट
कोलोराडो, अमेरीका
नेपाली नयां बर्षको अवसर पारेर कोलोराडो निवासी नेपालीहरुले हरेक बर्ष आयोजना गर्ने गरेको “नेपाल डे परेड”लाई भब्यताका साथ सम्पन्न गर्न ५१ सदस्सिय समिती गठन गरिएको छ ।
कोलोराडो स्थित संघ संस्थाका प्रतिनीघी , गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार तथा समाजसेवीहरुको बैठकले परेड कार्यक्रमलाई सफल पार्न शान्ति श्रेष्ठको अध्यक्षतामा ५१ सदस्सिय समिती गठन गरेको हो । आईतबार बोल्डर स्थित शेर्पा रेष्टुरेन्टमा सम्पन्न बैठकमा सबै संघ संस्थाका प्रतिनिधी गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार तथा समाजसेवी सदस्य रहेको समिती चयन गरिएको छ ।
भौगोलीक हिसावले काठमाण्डौं उपत्यका संग मिल्दो जुल्दो शुन्दर नगर बोल्डरमा आयोजना हुने परेड कार्यक्रम, कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्ट्रिको कार्यालयले सन् २००३ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो साता नेपालीहरुको नयां बर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो ।
अमेरीकामा रहेका पचास स्टेट मद्ये कोलोराडोमा मात्र यस्तो किसिमको कार्यक्रकम गर्ने गरिएको छ । नेपालीहरुका दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो । बोल्डर नगरमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको हो ।
आगामी अप्रिल १७ आईतबारका दिन आयोजना हुने “नेपाल डे परेड ” कार्यक्रमलाई भब्यताकासाथ सम्पन्न गर्न आगामी बैठकमा यसको कार्ययोजना तयार पारिने बताईएको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७२, ४ माघ सोमबार २२:३३ मा प्रकाशित