कौब्रुको काखबाट विमोचित

800 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मणिपुर भारत,-मणिपुर, भारत निवासी कवि देबीप्रसाद सुँयल थापा “मामा” को छैटौँ कृति, कवितासङ्ग्रह “कौब्रुको काखबाट” माघ ३ गते काङ्लातोङ्बी मणिपुरमा विमोचन गरियो । उक्त कार्यक्रममा स्थानीय समाज सेवी श्री ए.ओकेन प्रमुख अतिथिले आफ्ना वक्तव्यमा भन्नु भयो, “साहित्यको आफ्नो निजी भाषा हुँदैन, चाहे नेपाली होस् चाहे अङ्ग्रेजी वा मणिपुरी होस्, साहित्य समाजको अमूल्य धन हो । त्यसैलै साहित्य सधैँ बाँचेको हुन्छ । नेपाली साहित्यमा काम गर्ने व्यक्तिले अरू साहित्यहरूमा पनि उतिकै प्राण थप्छ ।”

Kaubruko kakhbataपुस्तकको परिचय दिँदै समालोचक रामप्रसाद पौड्याल बोल्नु भयो, “मामाको यो कृति युग सटिक छ । उहाँका अधिकतर कविताहरू भविष्य बोल्ने दार्शनिक कविता हुन् भन्ने कुरालाई महेश पौड्यालले भूमिकामा उल्लेख गरिसक्नु भएको छ । आजको युग कविता बोल्ने युग हा । मामाका कविताहरू माजिएका र तिखारिएका छन् । आफ्नो माटोको सुवास बोकेका कविताहरूले यो कृतिलाई अझ माथि पु¥याएको छ । कवितामा जति शक्ति हुन्छ, त्यो अरू विधामा पाउन अलि गाह्रै हुन्छ । मामाको शब्द कन्जुस्याइँलाई प्रशंसा गर्नुपर्छ ।
अर्का अतिथि श्री मणिकुमार लिम्बुले भन्नुभयो, “मामा मणिपुरेली नेपाली साहित्स जगतका सारथी भन्न सकिन्छ । उहाँले एकदिन पक्कै शिखर छुनुहुनेछ भन्ने आशा हामीलाई छ ।” अर्का अतिथि शिक्षासेवी श्री मदनकुमार लिम्बुका बक्तव्यमा मामाले विश्वका अन्य नेपाली भाषीहरूसमक्ष मणिपुरेली नेपाली भाषीको परिचय दिएर पुल थाप्नु भएको छ ।” अर्का विशिष्ट अतिथि ए.गोजेनले भन्नुभयो मामा एक समयमा मेरा शिक्षक हुनुहुन्थ्यो अनि उहाँले साहित्य नै पढाउनु हुन्थ्यो र मलाई लाग्थ्यो उहाँले साहित्यमा नाउँ कमाउनु हुने छ । आज त्यो साकार पार्नु भयो ।
समारोहमा सभाक्ष्यको भाषणमा श्रीशिवकुमार बस्नेत, प्रधान, काङ्लातोङ्बीले भन्नुभयो, “भारतीय नेपाली साहित्यका इतिहासमा मणिपुरी भूमी टेकी “मणिपुरको लडाइँको सवाइ” लेखी तुलाचन्द आलेको नाउँ अग्रपंक्तिमा आउँदा मलाई अपट्यारो लाग्थ्यो तर आज मामाले छःवटा कृति दिएर त्यो सिद्ध पार्नु भएको छ्र ।”
मामाका यसअघि एक मणिपुरी भाषको कविता सङ्ग्रह र चारवटा नेपाली भाषाका लघुकथासङ्ग्रहहरू प्रकाशित छन् । उनका सबै कृति गोर्खा ज्योति प्रकाशन, मणिपुरले प्रकाशित गरेका हो ।