डोलभञ्ज्याङ उच्च माविलाई बेल्जियमबाट ७ लाख सहयोग

1109 पटक पढिएको

९ माघ २०७२, शनिबार २१:१४ सम्पादक: धादिङ न्यूज

ef55061b3ba7b61e73b74bde44c4a870जिल्लामै उत्कृष्ठ शैक्षिक स्तर कायम राख्न सफल हुंदै आईरहेको दक्षिणी धादिङको पिडा गाविसको च्याङगलीमा रहेको डोलभञ्ज्याङ उच्च माविलाई वेल्जियममा रहेका नेपालीहरुले सहयोग गरेका छन ।बेल्जियममा रहेको एक नेपाली संस्थाले धादिङको विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बेल्जियमको ब्रुजमा रहेको एभरेष्ट नेपाली समाजले धादिङको पिडा–४ को  उच्च माविलाई झण्डै सात लाख रुपैयाँ सहयोग गरेको हो । समाजले भूकम्पले क्षति पुगेको पिडा–४ को डोलभञ्ज्याङ उच्च माविको पुनर्निर्माणका लागि ६ हजार ९ सय युरो अर्थात सात लाख भन्दा धेरै नेपाली रुपैयाँ सहयोग गरेको समाजका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

चेपाङ, दलित, जनजाति तथा अरु विपन्न समुदायका बालबालिका पढ्ने विद्यालयलाई सहयो गर्न पाउँदा खुसी लागेको समाजका अध्यक्ष सुवेदीले बताउनुभयो । समाजले विद्यालयलाई १५ लाख भन्दा धेरै सहयोग गर्ने जनाएको छ ।  विदेशमा रहेका नेपालीहरुको पहलमा जुटेको सहयोगले बिद्यालयको पुर्ननिर्माण गरी शैक्षिक स्तरलाई अझै उचाईमा पु¥याउन पहल गरिने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोदराज रुपाखेतीले जानकारी दिनुभयो । बिद्यालयमा अति सिमान्तकृत चेपाङ समुदायका वालवालिकाका साथै विपन्न तामाङ तथा अन्य गरिव वालवालिकाले पढ्दै आईरहेका छन ।