यी हुन् मानव मस्तिष्कका अचम्म लाग्ने १० तथ्य !

543 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मानव मस्तिष्क शरीरको सबैभन्दा संवेदनशीलसंगै जटिल अंग हो । संसारमा हुने हरेक गतिविधि तथा प्रक्रियाहरु यहि अंगसँग जोडिन आउँछ । शरीरका हरेक गतिविधि चलाउने, अवलोकन गर्ने, सन्देशहरु सञ्चित गरि मुल्यांकन तथा व्यवस्थापन गर्ने सम्मका काम मस्तिष्कले गर्छ ।  तर यति हुँदा हुदै पनि मस्तिष्कसंग सम्बन्धित  केही तथ्यहरु अचम्म लाग्दा छन् । ती हुन् :

१.  मस्तिष्क मानव शरीरको मुख्य स्नायुप्रणालीलाई सुचारु गर्छ । यो स्नायुHuman-brain_1 प्रणाली सञ्चालन गर्ने केन्द्र हो तर यो आफैमा भने स्नायु तन्तु होईन । यसैकारण मस्तिष्क आफ्नो दुखाई नै अनुभव गर्न सक्दैन् ।

२.  पुरा शरीरको दुई प्रतिशत मात्रै तौल भएको मस्तिष्कले शरीर सञ्चालन गर्न चाहिने शक्तिको २० प्रतिशत शक्ति खपत गर्छ ।

३. मस्तिष्कमा हुने स्नायु कोशिकाको संख्या करीव १सय विलियन छ । जुन संसारको जनसंख्या भन्दा करीब १५ गुणा बढी हो ।

४. मस्तिष्क शरीरको सबैभन्दा बढी चिल्लो पदार्थ ( बोसो ) भएको अंग हो । मस्तिष्कको करीब ६० प्रतिशत भाग चिल्लो पदार्थले बनेको हुन्छ ।

५. गर्भावस्थाको सुरुको बेला स्नायु कोशिकाको बृद्धिदर २ लाख ५० हजार प्रति मिनेटका दरले हुन्छ ।

६. मस्तिष्कले काम गर्दा चाहिने शक्तिले करीब २५ वाटको एउटा बल्ब बाल्न काफी हुन्छ ।

७. हरेक मानव मस्तिष्कमा हरेक दिन करीब ७० हजार विचार खेल्छन् ।

८. सन् २०१५ सम्मकै सबैभन्दा उत्कृष्ट सुपर कम्प्युटरले पनि मस्तिष्कले एक सेकेण्डमा गर्ने कामलाई करीब चालिस मिनेट लगाएको बैज्ञानिकहरु बताउछन् ।

९. हरेक चोटी कुनै नयाँ मेमोरी बन्दा स्नायु कोशिकाबीच नयाँ सम्वन्ध बनेको हुन्छ । र यसले हरेक चोटी मस्तिष्कको संरचना परिवर्तन गरिदिन्छ ।

१०. मस्तिष्कको विकास करीब ५० बर्षको उमेरसम्म हुनेगर्छ ।

 

  • एजेन्सी