०७३ सालका सार्वजनिक बिदाको तय -अबदेखि झापा पहाडी जिल्लामा

753 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Baishakahकाठमाडौं–सरकारले ०७३ सालका सार्वजनिक विदा निर्धारण गरेको छ । यस पटक सरकारले पहिले प्रचलनमा रहेका केही विदामा हेरफर समेत गरेको छ ।  मन्त्रिपरिषद् अन्तरगतको सामाजिक समितिले विदासम्बन्धि निर्णय गरेको हो । ०७३ सालमा विभिन्न चार्ड पर्व र राजनीतिक सन्दर्भसमेत जोडेर ३४ दिन सार्वजनिक विदा दिइने भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार विगतमा तराईका झापादेखि कन्चनपुरसम्मका २० जिल्लामा होली मनाउन पहाडको होली मनाइएको भोलिपल्ट विदा दिने गरिएको छ । ०७३ सालमा पनि त्यसरी नै विदा दिने गरिए पनि विगतमा तराई क्षेत्रमा पारेर झापामा पनि पहाडको होली(फागु)को भोलिपल्ट विदा दिने गरिएकोमा अबदेखि झापालाई पहाडी जिल्लामा पारिएको छ । अब तराईका १९ जिल्लामा मात्र भोलिपल्ट सार्वजनिक विदा हुने भएको छ ।
सरकारले क्रिश्चियन धर्मालम्बीहरुको पर्व अंग्रेजी महिनाका २५ डिसेम्बरका लागि सार्वजनिक विदा दिने गरिएको थियो । ०७३ सालमा यो बिदा सबैका लागि नभएर क्रिश्चियन धर्मालम्बीहरुका लागि मात्र हुने भएको छ । अन्य धर्मालम्बीहरुले यस दिन विदा नपाउने भएको छ ।
विगतमा बैशाख ११ गते लोकतन्त्र दिवशका रुपमा सार्वजनिक विदा दिने गरिएकोमा यसलाई कटाएर असोज ३ गते संविधान जारी भएको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको छ । विदाका कुल दिन भने विगत वर्ष जत्तिकै कायम गरिएको छ ।