कथा: रहस्यमय भोगाई

2017 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

subi
-सुबिसुधा आचार्य
मेरिल्यान्ड, संयुक्त राज्य अमेरिका

             धुरो जूनको प्रकाश शितल मन्द मन्द बतास छङ्ग खुलेको आकाश स्वच्छन्द डुलेको आभाष तप्प तप्त शित झरेर पात माथी त्यही शितको भारले लच्केको दुवो चौर भरी बिच्छ्याइएको गलैंचा त्यही माथी कोमल पैतालाको डोब । म अघि अघि एउटा छायाँ मेरो पछि पछि हामी गइरहन्छौं  निरन्तर अगाडि कहाँ किन थाहा छैन  शितमा चिप्लेर लड्न लाग्दा कसैले मेरो हात च्याप्प समाउँछ मसँग मेरो छायाँ छ बस् मलाई यति थाहा छ ।

पहाडको टुप्पोबाट उन्मुक्त वैंश छचल्काउँदै झरेकी छाँगो ढुङ्गाको कन्दरामा आएर समागम् हुन्छ । एक अनौठो ध्वनि छाँगाको शितल बतास मेरो पछ्यौरी उडाएर चुम्छ अङ्ग-प्रत्यङ्ग । जूनको मधुरो उज्यालो भित्र नियाल्छु झरनाको सुन्दरता कता कता इष्र्या लाग्छ उसको जवानी र स्वतन्त्रता माथी ।

म खोलाको एक चेप्टो पसारिएको ढुङ्गामा उभिएकी हुन्छु । पानी भित्रको माछालाई हेर्दै त्यो मौसम एकदम मनपर्छ । हुन सक्छ जीवनमैं यस्तो सुनौलो पल कहिल्यै आएको थिएन । “परी ! कस्तो लाग्यो यहाँको वातावरण  के तिमी कहिल्यै यहाँ आएकी थियौ .

सामून्यको ढुङ्गामा ठिङ्ग जिजिबिषा झैं उभिएर छायुले प्रश्न गर्छ  ।” अँ हँ । आज भन्दा पहिले म यहाँ आएकी छैन । साँच्चै तिमीले मलाई यहाँ किन ल्याएको , ऊ पर क्षितिजमा चादिका टुक्रा झै गुच्छा परेर रहेको बादललाई नियाल्दै र एक नासले टोलाउँदै जवाफ दिन्छ
केही भावनाको कुरा गर्न केही मायाको कुरा गर्न । तिमीसँग केही लिन र केही दिन हो परी ! म वर्षौदेखि तिमीलाई यही ठाउँमा यसरी नै भेट्न चाहन्थे तर समय कहिल्यै अनुकुल भएन । आज वर्षौंको तपस्या पुरा भएको छ । यस अर्थमा म ज्यादै खुशी छु ।
उसको भावुकता गहिरो अभिब्यक्ति तरल एकदम तरल सोचाईंले अलिकति झस्काउँछ मलाई ।

“किन र छाँया  तिमीले भनेको जस्तो कुरा गर्न अन्त सकिदैन र” “सकिदैन ! नितान्त सकिदैन कहाँ छ चोखो भूभाग  कहाँ छन्  निस्वार्थी मन तिम्रो हात समाउन तिम्रो केसहरु मुसार्न मलाई यही स्थान चाहिन्थ्यो बुझ्यौ

म आँखा उठाएर उसलाई हेर्छु । सुन्दर युवक चम्किलो मुहार गोला आँखा  झिमिक्क झिम्काउँदै हेरीरहन्छ  ऊ मलाई्र । झसङ्ग हुन्छु एकछिन अगाडि सम्म आफ्नै छायाँ तुल्याएको थिएँ उसलाई्र तर म गलत रहेछु । कताकता डर लाग्छ । शुन्य रात किराको आवाज झरनाको ध्वनि बाहेक उही हामीले फेरेको सासको आवाज मात्र सुनिन्छ । म भूईंमा लत्रेको मयत्रो हातले सियारेर शरीर छोप्ने प्रयास गर्छु । भ्यागुतो उप्फ्रे झै उफ्रेर ऊ मैले टेकेको ढुङ्गामा आइपुग्छ । मलाई भने भय त्रास र शंकाले गाँजेर लुलो बनाउँछ । अलिकति पछि हट्ने प्रयास गर्छु । बलिया हातले च्याप्प समाउँछ मलाई ।

छाडि देऊ मलाई ! कुन अधिकारले समाउँछौ मेरो नाडिमा म कसैकी छोरी हुँ । यसरी सुनसान रातमा मेरो पिछा गर्दै हात समाउनु ठीक हैन ।
म उसको हात फुत्काउने प्रयास गर्छु तर खल खल पसिना  छुट्छ ।
-किन र परी  मैले समाएको हुँ अरुले  हैन । आज तिमी र म बीचमा कोही आउने छैन । यति सम्म कि बतासलाई्रसम्म रोक्ने शाहस छ मेरो । ऊ हेर ! पहाडबाट झरेको छाँगो तिमी भन्छौ भने रोकिदिन्छु त्यसलाई पनि । तिमी मेरो आसय बुझ्दिनौ परी मैले समाउनु अगावै कसैले यि हातहरु समाउने प्रयास गरेको भए मात्र पनि भष्म बनाउँथे उसलाई ।
नभन्दै एकछिन अगाडि मात्र चिसो बतास ओकल्दै झरेको छाँगो बीचमै रोकिन्छ । मन्द मन्द तातो हावा खोलाको किनारै किनार सुसेल्न थाल्छ । नचाहेरै पनि म मयत्रो शरीरबाट झिकेर ढुङ्गामा थपक्क राख्न पुग्छु । च्याप्प अठ्याउँछ उसले मेरो कम्मर हात फुत्काउने हिम्मत ममा रहन्न ।
पानी परेको साबुन जस्तै भतक्क भएर गल्छु आफू भित्रै गल्नु के थियो र डराउनु मात्र । अघि छाँगो खसेको ठाउँमा एउटा सुन्दर ढोका देखा पर्छ । छायाँले अँगालोमा बोकेर लान्छ त्यहि ढोकाबाट भित्र जहाँ एक अलौकिक सजिसजाउ कोठा छ । जुन कोठाको डेकोरेसन पहिला कहिँ कतै देखेकी हुन्न मैले । यस्तो लाग्छ स्वर्ग त्यहि हो । कोठाको बीचमा सुन्दर पलङ्ग चारैतीर झ्यालमा रेसमी पर्दाहरु छायाँले त्यही पलङ्गमा सुताउँछ मलाई्र र ऊ बिस्तारै पल्टन्छ मै माथि । बस् यति सम्मको याद छ त्यसपछिको दृष्यहरु धमिलो हुँदै आँखाबाट ओझेल पर्छन् ।

“परी ए परी ! बाहिर झलमल घाम लागि सक्यो । तँ भने अझै सुतीरहेकी छेस् । हे भगवान कस्तो अल्छी पाटे छोरी जन्माइछु मैले । आज शनिबार मन्दिर जाने भनेका थियौ रे साथीहरु तल पर्खिरहेका छन्  छिटो तयार भएर मुन्टि ।
टेवलमा चिया राखेर धोती उचाल्दै आमा कोठाबाट बाहिर निस्कनु हुन्छ । छ्या ! कस्तो नराम्रो सपना देखेँछु । यस्तो छ कहिल्यै देखेको थिइन । हजुरआमा भन्नु हुन्थ्यो-बिहानी पखको समयमा देखेको सपना सत्य हुन्छ ।

नाई-नाई यस्तो नहोस् जे होस् सपना रोमान्टिक थियो । कसलाई भन्नु कसलाई  सुनाउन म ? बिस्तराबाट जुरुक्क उठ्न खोज्छु शरीर भारी भए झैं लाग्छ । हातगोडाका मांसपेशीहरु पट्पट् फुट्ला झै दुखेको टाउको भारी गह्रौ हुन्छ । सिरक मिलाउन खोज्दा एउटा कालो सर्प सलल खाट मुनि ओर्लन्छ ।

म बेस्सरी चिच्याउँछु-आमा ! बाबा सर्प……॥सर्प” चिच्याएको आवाज सुनेर बाबा-आमा बहिनी र साथीहरु मेरो कोठामा आउँछन् । ूके भो  किन चिच्याएको  चिट्चिट् पसिना काट्दै बिस्तराबाट झर्छु । सर्प  एउटा कालो सर्प मेरो सिरकमुनीबाट खाटमुन्तिर झरेको छ ।
सबै जना त्यतै हेर्छन् तर त्यहाँ केही हुँदैन । “छोरी ! सपना नराम्रो देख्यौ कि कसो  त्यसैको तर्कना आएको होला ।”  बाबाले भन्नु हुन्छ । म फेरी झसङ्ग हुन्छु ुला ! बुबाले थाहा त पाउनु भएन । हैन हैन मेले देखेको सपना उहाँले कसरी थाहा पाउनु ु भर् याङ्ग झर्न लाग्दा चाल पाएँ तल्लो पेट असहज तरिकाबाट दुखेको छ । आखीर किन यस्तो भयो  त्यो सपना र मेरो शरीरको अस्वभाविक परिवर्तन आपसमा किन मेल खाइरहेछ  किन म उसै भड्किरहेछु । त्यो सर्प कहाँ गयो  मनभरी जिज्ञासा प्रश्न कौतुहलता तँछाड मछाड कुस्ती खेल्न आउँछ म भने साथीहरुसँग मन नलाई नलाई मन्दिर तिर जान्छु ।

अरु मोटाएको देखेर खुव इर्ष्या गर्थेँ म । दराजमा राखेको चौठाबाट कैयौं पटक आमाको आँखा छलेर थुर्पिका थुर्पि घिउ चोरेर नखाएको पनि हैन तर पनि पटक्कै मोटाउन सकेकी थिइन । साथिहरु ऊ जन्ममा मासु बेचेर खाएको आरोप लगाउँथे म थिएँ नै त्यस्तै । बाँसका मकै भुट्ने कप्टेरा जस्ता हात पाखुरा देखे पछि नभनुन् पनि कसरी  उनीहरुको कसीलो पाखुरा र छिनेको कम्मर देखेर सधै थुक निल्नु मेरो अन्तिम विवस्था रहँदै आएको थियो । दैवी चमत्कार झंै गएको एक महिना यता आफसेआफ मोटाउँदै आएकी छु । महिना नाघेको पनि डेड महिना भइसक्यो । हिजो पनि आमाले सोध्दै हुनुहुन्थ्यो-
“तेरो महिना नाघ्यो किन हो”

खै म आफै बिलबन्दमा थिएँ भने जवाफ कसरी दिन सक्छु र  हिजो आज पिरो अमिलो एकदम मन पर्न थालेको छ । घर पछाडिको कागतीको बोटै रित्तीयो एउटा एउटा चोरेर नूनसँग खाँदा ममा किन यस्तो परिवर्तन आइरहेछ  पहिलाको कपडा एउटा पनि मिल्दैन मागेर लगाएको झैं हुने सरुवाल कुर्था टिपिक्क पर्छ । त्यसो त म आफैलाई्र थाहा छ छाती पनि पहिलाको तुलनामा गोला ठूला र कसीला भएको । मैनावारी रोकिनु मोटाउनु अमिलो पिरो देहले माग्नु यो त राम्रो लक्षण हैन ।

म साइन्सको विद्यार्थी मलाई थाहा छ पुरुषको शुक्रकिट र महिलाको डिम्बबेगर कुनै पनि महिला गर्भवती बन्न सक्दिन । सत्र बसन्त पार गरेर अठार बसन्तमा टेक्दाको यो घडिसम्म्ा पनि कुनै परपुरुषलाई्र छोएकी छैन । मात्र त्यहि सपनाको रहस्यमय घटना बाहेक । के सपनामा भएका त्यस्ता कि्रयाकलापले पनि बिपनामा गर्भ रहन सक्छ र  सोचाइको तन्द्राहरुमा नै दिन रात बित्छन् मेरा । कहिले काही के हुन्छ कुन्नि निदाउनै सक्दिन । कोल्टे फर्कदा फर्कदै रात आँखैमा बित्छ । कस्तो ! डिप्रेसन हुन पो लाग्यो क्यारे मलाई्र । भतभत पोल्छ म निसासीरहन्छु हर घडी ।

मनमा बलेको आगो निभाउन मैले मेडिकल टेष्ट गर्नै पर्छ । साइन्सले पनि आजभोली निकै सजिलो बनाइदिएको छ । आफूले कसैलाई्र थाहै नदीई पि्रग्नेन्सी टेष्ट गर्न सकिने वा ! क्या चमत्कारी ब्यवस्था । बिहान कलेजबाट घर फर्कदा बाटोमा पर्ने औषधी पसलबाट पि्रग्नेन्सी टेष्टको सिवर किनेर ल्याएँ । यसलाई्र प्रयोग गर्ने तरिका पनि त्यहि लेखेको रैछ । घरमा कोही पनि नभएको मौका छोपेर यूरीन टेष्ट गरेँ । शंका साकार भएर निस्कियो यानेकी रिजल्ट पोजेटिभ आयो ।

यस्तो कसरी हुन्छ  बास्तबिक भोग्नु त परै जाओस् कल्पना पनि गर्न नसकिने घटना म आफै भोगीरहेछु  प्रत्यक्षदर्शी भएर । यदि यो घटना अरुमा घटेको भए म आफै पत्याउने थिइन । संयोग मैं माथि खनियो ।  जिसस् क्राइस्ट त एउटी कुमारी आमाको गर्भबाट जन्मिएका थिए रे । त्यो समय र अहिलेको समय बेग्लै छ । कलियुगमा कुन भगवानले जन्म लिन्छन् । फेरि अधिकांश मानिसहरु नास्तिक भएर गएको बेला । म कोठामा फुईफुई रिगीरहन्छु फनफने लागेको खसी र्झै । अव बाबा आमाले थाहा पाएपछि के भन्नु होला  कसरी मुख देखाउन सक्छु  के वास्तबिकता म उहाँहरुको अगाडि राखौ  पत्याउलान् र  सपनामा मरेको देख्दा बिपनामा पनि मर्ने भए बेग्लै कुरा । पिउँदै नपिएको विष ओकल्दै छु थाहा छैन उक्त विषको असर परिवारमा कतिको पर्ने हो
-दिदी ! बाबा आमाले भन्नु भएको तिमी बैठक कोठामा आउ रे अति महत्वपूर्ण सल्लाह गर्नु छ भन्दै हुनुहुन्थ्यो ।

तनावग्रस्त सोचाइमा उग्राइरहेकी म बहिनीकॊ आवाजले वास्तबिक भोगाइमा आइपुग्छु । मलाई्र खवर सुनाएर ऊ फर्किसकेकी हुन्छे । बोलाउनुको कारण पक्कै यही हो तीब्र भै दिन्छ मुटुको धड्कन । लरवरिन्छ पाउ अनायासै आँखाबाट आँसु त्रिशुली बनेर ओइरिदिन्छ ।
-हे भगवान ! कुन जुनीको सजाय दिदै छौ तिमी मलाई? कुनै पुरुषको सम्पर्क बिना नै कसको भ्रुण हुर्कदै छ मेरो पेटमा । वास्तबिकता कसरी ओकल्नु सक्छु म न उहाँहरुले पत्याउनु हुन्छ ।
भगवानसँग मनमनै गुनासो गर्दा बैठक कोठामा प्रबेश भै सक्छन् मेरा पाउ । हेर्छु अँध्यारो मुहारमा रणचण्डी बनेकी छिन् आमा । बुबापनि त्यस्तै । कसरी बसाँै म उहाँहरुको अगाडि
“के उभिरहेकी अलच्छिनी बस् त्यो सोफामा”आमाले भन्नु हुन्छ । म काम्दै बस्छु फेरि मौनता कोठाभरी छरिन्छ । रोक्न लाख प्रयास गर्दा गर्दै सिमसारमा पानी रसाए झैं रसाउँछन् आँखा आँसुलाई भित्र दवाउने प्रयास असफल भएर गालाको बाटो हुँदै बग्छ । हत्तन पत्त उहाँहरुले नेदेखुन् भन्दै म्याग्सीको फेरले पुच्छु । बाबा र आमा शुन्यतामा मुखामुख गर्दै शंका उपशंकाको खेती गर्दै हुनुहुन्छ । उहाँहरुको मौनताबाट म स्पष्ट बुझ्न सक्छु । यस्तो लाग्छ बिषयको उठान गर्न उहाँहरुलाई पनि खुव गाह्रॊ भएको छ । केही समयको मौनता तोडदै आमा बोल्नु हुन्छ-
-परी ! तेरो महीनावारी रोकिएको कति भयो
-चार महिना ।
-कसरी यस्तो भयो
-थाहा छैन ।
मेरो जवाफ नटुङ्गीदै आमाको हातको चड्कन बर्षिन्छ मेरो गालामा ।
-कुन पापीको नासो बोकीस् कुलङ्कार्नी पेट  बोक्ने तँ दुनियामा रासलिला मनाउने तँ थाहा कसलाई हुन्छ मलाई
आमाको हात असिना झै मै माथि वर्षिन्छ बाबाले रोक्दै-जे नहुनु थियो त्यो त भैसक्यो । छोरीलाई पिटेर समस्या समाधान हुन्छ र  के गरेको तिमीले  आमाको मन पनि किन यस्तो पत्थर जस्तो
बुबाले आमाको हात समाएपछि आमा आफै बुबालाई अंगालो मारेर रुन थाल्नु भो ।
म के गरुँ त परिका बुबा  छोरीको आमा कसैले बन्न नपरोस् त्यो हुनुको पीडा आज म जलेर सहिरहेछु । भरोसा रहेन आफ्नै सन्तान माथि म  हारे अव के गर्नुपर्छ तपाई आफै गर्नुस् ।
आमाको क्रन्दन बुबाको उदासी चेहेरा बहिनीको चिन्ताग्रस्त मुहार म उसै कमजोर बन्छु । रुवाइको डाँको भित्ता छेडौला झै गुन्जायमान हुन्छ ।