अपांगता भएका व्यक्तिहरुको हक अधिकार तथा सुविधा सम्वन्धी अन्तरक्रिया

1080 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी,१ असार (धादिङन्युज )। अपांगता भएका व्यक्तिहरुको हक अधिकार तथा सुविधा सम्वन्धी अन्तरक्रिया कार्यक्रम असार १ गते धादिङवेशीमा सम्पन्न भएको छ ।   जिल्ला विकास समिति धादिङको सहयोगमा वौद्धिक मन्दता अभिभावक समाज धादिङको भएको   सो कार्यक्रममा अपाँगताको परिभाषा तथा प्रकार, अपांगका अधिकार सम्वन्धी अन्तराष्ट्रिय महासन्धी, अपांगता भएका अधिकार सम्वन्धी संवैधानिक तथा कानूनी व्यवस्था, अपाँगता भएका व्यक्तिका हक अधिकार कार्यान्वयनमा देखिएका चुनौतीहरु समेतको विषयमा अधिवक्ता विश्वराज अधिकारी, भकभके भएका व्यक्तिहरुका समस्याहरुको वारेमा नेपाल भकभके संघ धादिङका सल्लाहकार तथा वाल अधिकार अधिकृत हरि उप्रेती र अपाँगता भएका व्यक्तिले पाउने सेवा सुविधाका विषयमा गिड धादिङका सचिव गर्भेवहादुर मिजारले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला अपाँग समन्वय समितिका सदस्य दुर्गाप्रसाद थपलिया, भकभके संघ धादिङका कार्यवाहक अध्यक्ष दीपक अधिकारी, अपाँग महिला संजाल धादिङका अध्यक्ष सम्झना रिजाल र पत्रकार राजेन्द्र प्रताप शाहले आफ्नो  मन्तव्य राख्नुभएको थियो ।
वौद्धिक अपाँगता भएकी वालिका मंगली तमाङको सभापतित्वमा भएको सो कार्यक्रममा विभिन्न किसिमका अपांगता भएका ४५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सभापतिले सवैलाइ हातको इशाराले वाइवाइ गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।