अब देशैभर लोडसेडिङ अन्त्य हुने

596 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि लोडसेडिङ अन्त्य गर्ने गरी काम अघि वढेको बताएका छन् ।
राजधानीमा आयोजित विशेष साक्षात्कारमा प्रबन्ध निर्देशक घिसिङ्ले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङमुक्त बनाउने काम भैरहेको र विस्तारै काठमाडौंबाहिर पनि सकेसम्म थोरै भन्दा थोरै लोडसेडिङ गर्ने योजनाका साथ अहिले काम भैरहेको बताए ।

उनले लोडसेडिङ अन्त्य गर्छु भनेर हिँड्ने काम होईन भन्दै व्यवस्थापन महत्वपूर्ण कुरा रहेको पनि बताए । व्यवस्थापनमा बढि ध्यान दिँदा अहिले तिहार यता काठमाडौंमा लोडसेडिङ् नभएको उनले जिकिर गरे ।

उनले यो आफू एक्लैले नभै वर्तमान सरकारको चाहना र उर्जामन्त्री जनार्दन शर्माले जारी गरेको ३७ बुँदे कार्यक्रमलाई स्पेशल फोकस गरेर काम भैरहेको पनि उल्लेख गरे ।

अहिलेको दुई महिना आफुहरु लोडसेडिङ नगर्न सफल भए वर्षैभरि लोडसेडिङमुक्त गर्न सक्ने समेत उनले बताए । घिसिङले अहिले काठमाडौं उपत्यका बाहिर पनि बेलुका एक घण्टादेखि डेढ घण्टासम्म मात्रै लोडसेडिङ हुने गरेको पनि स्पष्ट पारे ।

साथै अहिले कुलेखानी नचलाइएको र मंसिरदेखि बैशाखसम्म ४ घण्टासम्म चल्न सक्ने भन्दै उनले कुलेखानी रित्याएको भन्ने भनाईको खण्डन पनि गरे ।