फूलखर्क कल्याणकारी कोषको आन्तरिक लेखा परिक्षण उप समिति गठन

980 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, ९  असार ।  धादिङ जिल्लाको फुलखर्कमा जन्मिएर अस्थायी तथा स्थायी  रुपमा  काठमाण्डुमा रहदै आएका फुलखर्कबासीहरु साझा सस्था   फूलखर्क  कल्याणकारी कोषको वैठक असार ८ गते शनिबार  विहान  मनमैजुमा बसेको छ ।  अध्यक्ष नकुल अधिकारीको निवासमा बसेको   वैठकले कोषको आन्तरिक लेखा परिक्षण उप समिति गठन गर्दै  जस्को   संयोजकमा  कुमार अधिकारी तथा सदस्यहरुमा मिन  वहादुर वानियाँ र राजेन्द्र अधिकारीलाई चयन गरेको छ ।
त्यसैगरी कल्याणकारी कोषमा सवैको सहभागिता गराउन फूलखर्कवासी सवैलाई  आवद्ध हुनका लागि  आव्हान गर्दै  , हालै  दिवंगत हुनु भएका फूलखर्क निवासी कमल वहादुर अधिकारी तथा मन कुमारी अधिकारी (स्व. डिल्लीसिं अधिकारीको  श्रीमती) प्रति श्रद्धान्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारमा हार्दिक  समवेदना ब्यक्त गरेको छ । कोषको  आगामी वैठक पं.रामप्रसाद नेपालको निवास  मनमैजुमा २०७० साल भाद्र २९ गते शनिवार विहान ७ वजे वस्ने निर्णय भएको  बताईएको छ  । कल्याणकारी कोषमा आवद्ध हुन वाँकी फूलखर्कवाट काठमाडौं, पोखरा  लगायत अन्य मूलुकहरुमा वसोवास गर्ने सवैमा कोषले  अनुरोध गरेको कोषका  सदस्य अमर अधिकारीले धादिङन्युज लाई जानकारी दिनु भयो ।