पुक्क पेट घटाउने १० घरेलु उपाय

847 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1143479991excess-lower-belly-fat.-1१, बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

२, बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दोब्बर हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।
३,खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

४, शारीरिक परिश्रमका आधारमा खाना खानुहोला । धेरै काम गर्नुहुन्छ भने धेरै खाना जरुरत पर्छ ।

५, खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा खानाको आवश्यकता बढी पर्छ । यदि ४० वर्ष पार गर्नुभएको छ भने चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खाना खानु राम्रो हुन्छ ।

६, बिहानको खाना धेरै खादा फरक पर्दैन ।

७, खानामा फल र सागसब्जी खानुहोस् । बिहान–बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।

८, दिउँसो खाजाको रुपमा फलफुल, बदाम, भुटेको मकै आदि राम्रो मानिन्छ । बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

९, यदि पेटको बोसो कम गर्नुछ भने मिठाईबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ ।

१०, नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।
– यसका अलावा पेट घटाउन नियमित व्यायाम पनि अनिवार्य गर्नुपर्छ न्यूज ट्वेन्टिी फोर नेपाल टिभि डट कमले खबर लेखेको छ ।