बुढीगण्डकी आयोजना सहजिकरण एकाईमा कार्की नियुक्त

858 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

yCzgh धादिङ्ग र गोरखा जिल्लामा निर्माणधिन १२ सय मेगावट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी निर्देशक गोपाल बस्नेतले आयोजनाबाट अवकाश पाएका छन् । ४ वर्ष कार्यकालका लागि सरकारले बस्नेतलाई न्युक्त गरे पनि बस्नेत ५८ बर्ष उमेर पुगेकाले अबकाश पाएका हुन् ।
विद्युत विकास विभागका सहसचिव समेत रहेका बस्नेत सरकारी सेवा बाट नै अवकाश पाए पछि बुढी गण्डकी आयोजना प्रमुख विहिन भएको छ । सहसचिवको हैसियतमा आयोजनाका प्रमुख कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका बस्नेत सरकारी सेवाबाट अनिवार्य रुपमा अवकाश प्राप्त गरि आयोजनाबाट नै विदाई भएका छन् ।
बुढीगण्डिकी जलविद्युत आयोजना तिव्र रुपमा अगाडि बढाउन  अधिकार सम्पन्न सहजिकरण एकाईको गठन भएको छ ।  सहजिकरण एकाईमा कृष्णबहादुर कार्की लाई प्रमुखका रुपमा सरकारले नियुक्त गरेको छ ।  खुल्ला प्रतिसपर्धाबाट छनोटमा परेका कार्किलाई सरकारले दुई बर्ष कार्यकालका निमित्त नियुक्त गरेको हो ।
बुढीगण्डकी आयोजना विकास समिति गोरखा र धादिङ्ग जिल्ला प्रशासन तथा मालपोत कार्यलय संग समन्वय गरी मुआब्जा वितरण, जग्गा प्राप्ति, पुर्नवास र पुनःस्थापना तथा वातावरणीय प्रभाव मूल्यङकनको प्रतिवेदन कार्यन्वयन गर्ने जिम्मेवारी प्रमुख कार्कीले पाएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर माधव प्रसाद अधिकारीले बताए । त्यस्तै अहिले अधिक्रण गरिएका जग्गाहरुमा परेका सडकहरुको लगत कट्टा गर्ने कार्य भईरहेको र  उक्त कार्य सम्पन्न भए लगतै दोस्रो चरणको मुआब्जा वितरण गर्ने पनि इन्जिनियर अधिकारीले बताए ।