रमेश बाबु थापाको सलैजो गीत “पर्देशी” बजारमा

1669 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पर्देशको माया यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक रमेश बाबु थापा र गायिका सुशीला सारु मगरको सुमधुर आवाजमा रमेश बाबु थापाको उत्कृष्ट सलैजो गीत “पर्देशी” बजारमा आएको छ ।

रमेश बाबु थापाको शब्द सृजनामा सिर्जित गीतमा लय रमेश बाबु थापाकै रहेको छ । कृष्ण फिल्म्सको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडल अरुशी मगर , अर्जुन गुरुङ , जमुना , केशव अले र सुदिप थापाको अभिनय रहेको छ । उक्त गितको छायांकन राजेश घिमिरेले गर्नु भएको छ।

अहिले सम्मकै उत्कृष्ट निर्देशन पक्षमा भिजेका चर्चित निर्देशक शंकर वि.सि. को निर्देशन रहेको भिडियोमा धेरै फरकपन देख्न सकिन्छ । राजेश घिमिरे पछिल्लो पटक छायांकनमा व्यस्त रहेका छायाँकारको रुपमा पनि हेर्न सकिन्छ जसको छायांकनमा तयार भएका धेरै म्यूजिक भिडियोहरु चर्चामा छन । सोहि छायाँकार राजेश घिमिरेको छायांकनमा तयार भएको गीत बजारमा आएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।