काइते र आइते कहिलेसम्म नाइके ?
931 पटक पढिएको
बद्रीप्रसाद दाहाल
नेपाली समाजमा काइते र आइतेले माउतेको बिंडो थाम्दा हाम्रा जनताले ढिंडो त परै जाओस् खोले पनि खान नपाउने थिति आइसक्यो । राजनीतिदेखि थालनीतिसम्म जालनीतिले राज गरेको अहिले–को विद्रूप स्थितिले दुइ नंबरीहरुकै हाकोडाको मच्चिएको देख्दा कुन इ–मान्दारको मुटु कुटुकुटु खॉदैन र ? ‘हर्रो नपाउ‘दो जाइफल धाउ‘दो ’खाले बोक्रेहरुको छोक्रे भीडले हामी सबैलाई धोक्रे बनाउने भैसक्यो । ‘जले विष्णु स्थले विष्णुः .विष्णु पर्वत मस्तके………भनेझैं यतिखेर जतासुकै सिन्डिगेटले थ्रेट गरेको छ । चार दलीय सिन्डिगेटलाई जितेर उपभोक्ताको रगतपसिना घिचेर ब्रह्मलूटमा जनतालाई थिच्ने कुकाममा निजीदेखि सबै क्षेत्र क्रियाशील भएको देख्दा कुन न्यायप्रेमी हाइड्र्रोजन बम हुन खोज्दैन र ?
नेपालका तथाकथित पेशेवर र व्यवसायी भनिनेहरुले लुटलाई नै अध्यवसाय बनाएका छन् । अनुहार न दनुवारका वञ्चक संघका सरदारहरुले वेला न कुवेला अमानवीय आन्दोलन गरेर राज्यमा अराजकता मच्चाउने क्रममा बढोत्तरी गरिरहेको देख्दा जसको पनि कन्सिरीको रौं तातिरहेको छ । स्वतन्त्रतालाई स्वच्छन्दतामा रुपान्तरण गर्ने यी डनपन्थी र धनपन्थी विचौलिया मुलुककै भयकारी भाइरस हुन् । सुनमा कालो बजार भयो भनेर अनुगमन गर्दा आन्दोलन गरेर सरकारलाई घु‘डा टेकाउने लु‘डाहरुलाई कसले कु‘डा–कर्कट भनेर ठेगान गर्ने ? के यस्तो व्यवहारले अर्को जङ्गबहादुरको आमन्त्रणा गरेको हैन ? १८क्यारेटलाई २०भन्नु पर्ने २० लाई २२ गर्दै बढाएर मिसावट गर्न पाउनुपर्ने र पर्याप्त रसायन गरी गहना बनाउन एकाधिकार रहनु पर्ने तुच्छ माग पूरा गरेर सरकारले स्वयं दुइनंबरीहरुलाई नंबरी बनाउन तथास्तु गरेको देख्दा यिनीहरुलाई सरकार भन्नुभन्दा आइते , काइते , भाते , छाते र खाते मण्डली भन्न किन नपाउने ?
ट्याक्सीको मिटर बिगारेर यात्रुहरुसित मनग्गे लुट्न पाउने छूट हुनुपर्छ भनेर ट्याक्सी व्यवसायीहरुले आन्दोलन मच्चाएर सरकारलाई थच्याउ‘छ भने यस्तो अराजकतालाई लोकतन्त्रको जलप लगाउनु भनेको सोझै भीडतन्त्रलाई अनुमोदन गर्नु हो । भर्खरै काकाकुल सहरको रुपमा परिचित काठमाडौंलाई महाकाकाकुल मशानमा परिणत गर्न सात सय पानी ट्याङ्कर र जार उद्योग आन्दोलनको पालिस लगाएर आतापि र वातापि बनेको देख्दा कसलाई अगस्ति बन्न जङ उठ्दैन र ? प्राणी जगत्कै प्राण र त्राण ‘पानी’ बन्द गरेर आततायी बनेका कथित व्यवसायीका गलत माग पूरा गर्ने ब्वॉसाबाट राज्य चल्छ भनेर देख्ने दलका शीर्षस्थहरुको पादस्थ उचाइ जनताले राम्रैसित छामिसके । ओजनै नपुग्ने ग्यॉस उपभोक्तालाई भिराएर कमिसनसहित अथाह क्यॉस आर्जन गर्न दत्तचित्त उपभोक्तामारालाई टिकिट्यॉस गर्न घडी डुबिसकेको छ । जुनसुकै वर्गले राखेका अनुचित मागलाई पनि पूरा गर्दै सत्ताधिस्थ हुने यो निर्दलीय सरकारले दलीय पध्दति नै इतितसत् पार्ने भयो !
उता झन्नै दर्जनभन्दा बढी दूध उद्योग जो गुणस्तरहीन दूध उत्पादन गरेर जनस्वास्थ्यमा धाबा बोलेर हाबाकाबा मच्चाइरहेका छन् त्यस्ता अधर्मी उद्योगलाई कर्मी बनाउन सरकार नामधारी न्वार–नदेखिको बल झिकेर होस्टे ! हैसे ! गरिरहेको छ । दिसामा अर्थात् मानव मलमा पाइने ‘ कोलिफर्म ’ दूधमा फर्मेसन गर्दा पनि यो हलाहल मिसाउन छूट दिने भूतहरुले देश हॉक्ला भन्नु त ढुङ्गा टुसाउने र उन्यू फुल्ने कहावत वा सपनामा खोले खाएको जस्तै हुने भयो । वास्तवमा सरकार भनेको त जनसरोकारलाई पूर्ण गर्ने संस्था हो । त्यसैले त हाम्रा गुरु भन्नुहुन्थ्यो ‘‘ सर्बं करोति इति सर्बकारः ’’ अर्थात् मुलुकमा जनसेवा–खातिर सबै थोक गर्ने हुती वा तागत भएको संस्था नै सर्बकार अर्थात् सरकार हो । व्यवसायीका नाममा छाडा सॉढा भएकाहरुको नाङ्गो नाचलाई सरकार नामधारी गलगॉडाहरुले ऑखामा फुलो पारेर कति दिन चुनाब गर्ने नाममा आपूm र आफ्नाका भु‘डीलाई घ्याम्पोजत्रै बनाइरहने हो ? जनता ज्वालामुखी बनिसकेका छन् । दैनिक उपभोग्य वस्तुहरुमा मन्दविष मिसाउन पाउनु पर्ने मागका चॉग थुपारेर जनविरो–धी हॉक पछार्ने व्यवसायीको नामका कलङ्कलाई परिसीमन गर्न ‘आगलागी झुपडी डेढ घडी भद्रा ’ भनेर जोखान हेर्न पाइन्न ! खबरदार ! काइते र आइते ! कमिसनको दुर्गन्धित झुसिलो डकार फुस फुस पार्ने झुस नाइकेहरु ! त्यसैले त जनता भनिरहेका छन् — ‘ काइते र आइते कहिलेसम्म यो देशका नाइके भइरहने हो ? ’
समाप्तम्