गाँजा ओसारपसार गर्ने दुइ यूवक मोटरसाइकल सहित पक्राउ
1924 पटक पढिएको
धादिङ,२८ फागुन, । धादिङमा गाँजा ओसारपसार गरिरहेका अवस्थामा दुइ जना यूवक पक्राउ परेकाछन् । बेनीघाट रोराङ गाउँपालिकाको जोगीमाराबाट मोटरसाइकलसहित बुधवार दुई जना पक्राउ परेकाहुन् ।बोरामा राखेर मोटरसाइकल मार्फत चितवनतर्फ लैजाँदै गरेका अवस्थामा १० किलो गाँजासहित दुई मोटरसाइकलका साथ दुई युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए । पक्रउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–३ का सुनित शिल्पकार र सोही स्थानका पवनमणि लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुले गाँजा बोक्न प्रयोग गरेको ना ५४ प ६४५ नं को स्कुटर र ग ६ प ९४३१ नं को मोटरसाइकलसमेत बरामद गरेको छ ।







