धादिङमा स्थानीय तहलाई सहकारी हस्तान्तरण

963 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ४ चैत्र – डिभिजन सहकारी कार्यालय धादिङले ३ सय १९ वटा प्रारम्भिक सहकारी संस्था जिल्लाका वटा १३ स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
शनिवार र आइतवार स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष प्रमुख/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखाका अधिकृतहरुका लागि स्थानीय तहका पदाधिकारी र अधिकृतहरुका लागि अभिमुखिकरण दिएर ३ सय ९ वटा प्रारम्भिक सहकारी संस्था नियम गर्ने र दर्ता सहित सहकारी ऐनले व्यवस्था गरेअनुसार कामकाज गर्ने जिम्मेवारी स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो ।
जिल्लाभर छ वटा संघ र ४ सय १५ प्रारम्भिक सहकारी संस्था रहेकोमा १ सय १२ वटा (संघ र प्रारम्भिक संस्था) को कार्य क्षेत्र एक पालिका तथा एक स्थानीय तह भन्दा बढी रहेकाले प्रदेशको कार्य क्षेत्र भित्र पर्ने भएकाले केही समय पछि हस्तान्तरण गर्ने तयारी रहेको निमित्त प्रमुख ढकालले बताए ।
धादिङमा २०७४ असार मसान्तसम्म ४ सय १५ प्रारम्भिक सहकारी संस्थामा ८५ हजार ४ सय ४० महिला ५४ हजार ७ सय ६१ पुरुष गरी १ लाख ४० हजार २ सय १ जना सहकारीमा आवद्ध भईसकेका छन् । ४ हजार ६१ जना सञ्जालक मध्ये १ हजार ६ सय ७३ जना महिला सञ्जालक रहेकाछन् । ७ सय २ जना कर्मचारी मध्ये ३ सय ८१ जना महिला छन् । ६४ करोड ९१ लाख ७९ हजार शेयर पूजीँ, २ अर्व ६८ करोड ७६ लाख ७८ हजार वचत, १ अर्व ४ करोड, १८ लाख २३ हजार ऋण लिई ४ अर्व २६ करोड ४१ लाख ७ हजार ऋण लगानीमा रहेको डिभिजन सहकारी कार्यालयको तथ्यांक छ ।