कोलोराडोमा नेपालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

999 पटक पढिएको

प्रकाशित मिति: २०७४, १८ चैत्र आईतवार ०९:०९

सम्पादक: धादिङ न्यूज

 

 

नातिबाबु भट्ट
कोलोराडो, अमेरीका
कोलोराडोमा सकृय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना शनीबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।
नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना महिला र १३ जना पुरुष गरि २० जना नेपालीले रक्तदान गरेका हुन् । रक्तदान गर्न ईच्छुक झण्डै ३० जना भए पनि बिभिन्न कारणले गर्दा २० जनामात्र रक्तदान गर्न योग्य ठहरिएका थिए ।

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा ग्लोवल फोरमका अध्यक्ष तिर्थ बर्मा, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीकाका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेल, नेपाल अमेरिका साहित्य संगित प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र महत, थ्रोन्टन सिष्टर गु्रपका संयोजक धन पौडेल, सरोज भुषाल, क्षितीज गुरुङ, विनीता वाग्ले, सुरेन्द्र महर्जन, सन्जु थापा, सुलेखा न्याछ्यो, रवी श्रेष्ठ , श्रीराम लुईटेल , लुना पौडेल, दिक्षा कार्कि, दिपक सुनुवार, ज्योती सुनुवार, शुरेसचन्द्र प्रधान, मोहनराज मीश्र र नातिबाबु भट्ट रहेका छन् ।

आयोजक संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल का अध्यक्ष बिनोद त्रीपाठीले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् । एक जनाको रगतले ३ जनालाई बचाउन सकिने यस्तो अमुल्य दानको कार्यक्रम नियमित गरिने उनको भनाई रहेको छ ।
रक्तदान कार्यक्रम सफल पार्न बोन फिल्ड रक्तसंचार केन्द्र बोल्डरको प्राविधिक सहयोग र क्रसरोड चर्चले ठाउं उपलब्ध गरेर सहयोग गरेको ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेले बताएका छन् । रक्तदान गरौं जिवन बचाउ भन्ने मूलनारालाई आत्मा साथ गर्दै बिगत लामो समय देखि ब्लड डोनर्स अफ अमेरीकाले रक्तदान गर्न अभिप्ररित गर्दै आएको र यसको अमेरिकामा २२ स्टेडमा शाखा बिस्तार भएको केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठले बताउछन् ।
कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताए । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुदा कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुको भनाई छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७४, १८ चैत्र आईतवार ०९:०९ मा प्रकाशित